शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राष्ट्रपति रनिङ्ग सिल्ड प्यारागन लाई
फाल्गुन १२, २०७३ | फिरोज शेख

फिरोज शेख , लहान फागुन १२ - 
सिरहाको कर्जन्हा कल्याणपुरमा फागुन ९ गते देखि फागुन १२ गते सम्म कर्जन्हा माविको प्राङ्गनमा आयोजित राष्ट्रपति रनिङ्ग सिल्ड २०७३ प्रतियोगिता विहिबार सम्पन्न भएको छ । जिल्ला खेलकूद बिकास समिति सिरहाका अध्यक्ष सचिदानन्द चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रतियोगितामा राष्ट्रपति रनिङ्ग सिल्ड लहान प्यारागन उच्च मविले हात परेका छन् I प्रतियोगितामा १ सय ३१ अंक प्राप्त गरि लहान प्यारागन उच्च मावि प्रथम ,७१ अंक प्राप्त गरि पोलर स्टार स्कुल मिर्चैया द्धितीय र ३६ अंक प्राप्त गरि चन्द्र मावि सिरहा  तृतीय भएका छन् । प्रतियोगितामा प्रथमहुने टिमलाई नगद रु १५ हजार सिल्ड र प्रमाणपत्र दिएको छ भने द्धित्तीयलाई नगद रु १२ हजार र प्रमाणपत्र र तृतियलाई नगद रु ९ हजार र प्रमाणपत्र प्रदान गरिएको छ। ३ दिन देखी जारी प्रतियोगीतामा कबड्डी, दौड, भलीबल , ज्याब्लीङ थ्रो लगायत बिभीन्न खेलहरुमा प्रतिष्पर्धा भएको थियो I 

खेल समापन पछि बोल्दै जिल्ला खेलकूद बिकास समिति सिरहाका अध्यक्ष सचिदानन्द चौधरीले राष्टपति रनिङ्ग सिल्डमा प्रतिष्पर्धा गरि छनोट भएका उत्कृष्ट खेलाडीहरुलाई बिभिन्न प्रतियोगिताहरुमा प्रतिष्पर्धा गराउन को लागी पहल गर्ने बताए । बिभिन्न क्षेत्रका बिद्यार्थीहरुले खेल क्षेत्रमा प्रगती गरिरहेको भन्दै उहाँले आगामी बर्षमा अझ ब्यवस्थीत मर्यादित रुपमा खेल सञ्चालन गर्ने बताउदै प्रतियोगितामा प्रथम , दितिय र तृतिय हुने टिमलाई बधाई तथा सान्त्वना स्थान प्राप्त गर्ने र अन्य सहभागी टिमहरु लाई आगामी दिनमा प्रगती को लागी शुभकामना ब्यक्त गर्दै सफलताको कामना व्यक्त गरेका छन् । उक्त प्रतियोगितामा सिरहा जिल्लाका निजि तथा सामुदायिक विद्यालय गरि करिब ५० विद्यालयहरु सहभागी भएका थिए I 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.