शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको लहानमा " सुपर डान्सर च्यामपियनसिप २०२२" हुदै
पौष २२, २०७८ | फिरोज शेख

 लहान २०७८ पौष २२ - 
सिरहाको लहानमा " सुपर डान्सर च्यामपियनसिप २०२२" हुने भएको छ। के एस आर प्रोडक्सन प्रालिको आयोजना हुन् लागेको " सुपर डान्सर च्यामपियनसिप २०२२"को  अडिसन राउण्ड  यहि माघ २ र ५ गते राखिएको के एस आर प्रोडक्सन प्रालिका अध्यक्ष सुजित रुचालले बुधबार पत्रकार सम्मेलनको आयोजनागरी जानकारी गराएका छन्। विगत लामो समयदेखि विभिन्न कार्यक्रमको आयोजना गर्दै आफ्नो छुटै पहिचान बनाउन सफल के एस आर प्रोडक्सन प्रालिले " समयको रंगमंचमा ,कलाको उमेर हुदैन " भन्ने मूल नाराकासाथ सबै उमेर समुहका महिला तथा पुरुष प्रतिस्पर्धीहरुलाई सहभागी गराई डान्स प्रतियोगिता गराउने लक्ष्य र समाजमा रहेको हानिकारक मुल्य मान्यता माथि आवाज ,आफ्नो संस्कृति ,परम्परा र पहिचान कायम गर्ने उदेश्यले " सुपर डान्सर च्यामपियनसिप २०२२" को आयोजना गर्न लागिएको आयोजक रुचालले पत्रकार सम्मेलनमा जानकारी गराए। संचालक रुचालका अनुसार अडिसन पश्चात सहभागीहरुलाई प्रख्यात कोर्योग्राफ़रहरु द्वारा २५ दिने तालिम कक्षाको संचालन, तस्विर सत्र ,व्यक्तित्व विकास र नेतृत्व विकासका लागि पब्लिक स्पिकिंग ट्रेनिङ्ग,विभिन्न सामाजिक अभियान ,विशेष क्षेत्र भ्रमण , मोटीभेशनल ट्रेनिङ्ग लगायतका क्रियाकलाप गरिने छ।

 " सुपर डान्सर च्यामपियनसिप २०२२" प्रतियोगितामा प्रथम हुने प्रतियोगीलाई ५ तौलाको चाँदीको ट्रफी ,३० हजार नगद, म्युजिक भिडियो,के एस आर  प्रोडक्सन प्रालिमा ६ महिने नि:शुल्क कोर्ष , टिभी प्रोग्राम होस्ट,RJ/ VJ/ MC ट्रेनिङ्ग संगै विभिन्न संघ -संस्थामा काम गर्ने मौका प्रदान गरिने छ। त्यस्तै दोस्रो हुने प्रतियोगीलाई ३ तौलाको चाँदीको ट्रफी ,२० हजार नगद, म्युजिक भिडियो,के एस आर  प्रोडक्सन प्रालिमा ६ महिने नि:शुल्क कोर्ष र विभिन्न संघ -संस्थामा काम गर्ने मौका प्रदान गरिने छ। त्यस्तै तेस्रो हुने प्रतियोगीलाई २ तौलाको चाँदीको ट्रफी ,१० हजार नगद, म्युजिक भिडियो,के एस आर  प्रोडक्सन प्रालिमा ६ महिने नि:शुल्क कोर्ष र विभिन्न संघ -संस्थामा काम गर्ने मौका प्रदान गरिने आयोजकले जनाएका छन्। के एस आर प्रोडक्सन प्रालिले विगतमा मिस सिराहा ,मिस्टर एण्ड मिस सिराहा र नेपालको महानायक राजेश हमालको उपस्तिथिमा सफलताका साथ सांगीतिक कार्यक्रमको आयोजना गरिसकेका छन्। कार्यक्रमा नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज यादव बनैता, शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख ,मैथिली फिल्मका निर्देशक सुर्य नारायण साह , कोर्योग्राफ़र प्रदिप कुमार रसाइली लगायतले शुभकामना मन्तव्य राखेका थिए। 

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.