शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बाल विकास शिक्षकको मासिक तलब १५ हजार गर्ने नगरप्रमुख चौधरीको
जेठ २२, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ २२ - 
लहान नगरप्रमुख महेश प्रसाद चौधरीले बाल विकास केन्द्रका शिक्षकको मासिक तलब १५ हजार गर्ने उद्घोष गर्नु भएको छ। लहान स्थित गोपाल सेवा सदनमा शिक्षक परिवार लहान सिरहाले आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रममा नगर प्रमुख चौधरीले यस्तो उद्घोष गर्नु भएको छ। आफू दलगत स्वार्थ भन्दा माथि उठेर सिङ्गो शिक्षक संगठनहरुलाई एक ढिक्का बनाए अघि बढ्न चाहेको बताउनु हुँदै शिक्षक सरुवाको सम्बन्धमा उहाँले जुन वडाको शिक्षक हुन् त्यही वडाको सामुदायिक विधालयमा पढाउन पाउने जिम्मेवारी दिइने , बाल विकास केन्द्रका शिक्षकले विगतमा पाउदै आएको माहिक तलव ८ हजारलाई बढाएर श्रावन १ गते देखि १५ हजार दिइने, शिक्षकको मासिक तलव साउनदेखि प्रत्येक महिना खुवाउने, दरबन्दी खालि भएका विधालयमा विषयगत शिक्षकको दरबन्दी मिलान गर्न १०० नया शिक्षण भर्ना गर्ने उद्घोष गर्दै शिक्षकहरुलाई पनि इमान्दारी पुर्वक आफ्नो काम,कर्तव्य पुरा गर्न ध्यान आकर्षण गराए। 

यसै बीच नगर उपप्रमुख राम चलितर महतोले शिक्षकहरुले आफुहरु माथि गरेको विश्वाश र सद्भाव कहिले नबिर्सिने बताउदै" तपाईहरुले गरेका मांगहरु आफुहरु पुरा गर्न तत्पर रहेको बताउदै शिक्षाको क्षेत्रमा आमुल परिवर्तन ल्याउन शिक्षकहरुले खेल्नु पर्ने भूमिका बारे जानकारी गराए। विगतमा शिक्षकहरु संग जै भयो त्यो भयो" अब त्यस्तो नहुने प्रतिवध्ता जनाउदै शिक्षकहरुलाई समयमै विधालय पुगी आफ्नो काम इमान्दारिता पुर्वक गर्न आग्रह गर्दै " कुने पनि शिक्षकले लहान नगरपालिकाको शिक्षा नीति विपरित कुनै कार्य गरेको पाइएमा त्यस्ता शिक्षकलाई नियमानुसार कारवाही समेत गरिने बताउनु भयो। 

लहानमा रहेको ५९ वटै सामुदायिक विद्यालयको भौतिक र शैक्षिक अवस्था सुधार गर्न निकै चुनौतीहरु रहेका छन्। तर सकारात्मक प्रयासले जस्तोसुकै चुनौतीलाई साम्य पार्न सकिन्छ। सुधारको लागि कहाँबाट बिग्रियो त्यहिबाट सुरु गर्नु जरुरी छ । सामुदायिक विद्यालयमा नितान्त गरिब दलितका बालबालिकाहरु पढने गरेका छन्।नगर प्रमुख चौधरीले शिक्षकहरुका लागि गरेको उद्घोषले शिक्षकहरु निकै उत्साहित र गदगद भए पनि " के यो उद्घोषले शिक्षा क्षेत्रमा लहान नगरपालिकाले फड्को मारला त ? के शिक्षकहरु आफ्नो काम र कर्तव्य जिम्मेवारी पुर्वक गर्लान त ? भन्ने प्रश्न शिक्षा प्रेमी,विद्यार्थी,नागरिक सामाज, अभिभावक,संचारकर्मीको मनमा खेलिरहेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.