शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नगरप्रमुख चौधरी द्वारा कृषि प्रविधि हस्तान्तरण

5 Views

असाड २८, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार २८ - 
लहान नगरपालिकाले कृषकलाई कृषि उपकरण उपलब्ध गराउनका लागि सहयोग गर्न थालेका छन् । परम्परागतरूपमा खेती गर्दै आएका कृषकलाई प्रविधि मार्फत व्यावसायिक बनाउन कृषि उपकरणमा जोड दिएका हुन् । लहान नगरपालिकाले "आर्थिक समृद्धिको आधार लघु उधम मार्फत रोजगार" भन्ने मूल नाराका साथ गरिवी निवारणका लागि संचालित लघु उधम विकास ( मेडपा) अन्तर्गतको लघु उधमको लागि प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत लहान नगरपालिका नगर प्रमुख महेश प्रसाद चौधरीले लहान १३ स्थित कृषकलाई कृषि उपकरण प्रदान गरेको छ। कृषिमा यान्त्रिकरण गर्ने उद्देश्यसहित नगर प्रमुख चौधरीले कृषकलाई उपकरण सहयोग गरेको हो । नगरपालिकाको स्वीकृत कार्यक्रमबमोजिम नगर प्रमुख चौधरीले लहान १३ स्थित वडा अध्यक्ष मनोज कोइराला को उपस्तिथिमा राधा महिला लघु उधमी समुहमा आवद्ध ३० जना महिलाहरुलाई तरकारी खेति गर्न ब्याट्री स्प्रे र कोदालो सहयोग गर्नु भएको छ । 

नगरप्रमुख चौधरीले कृषिमा व्यावसायीकरण गर्न नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । “कृषकलाई प्रविधि दिएर कृषिमा आधुनिकीकरण गर्ने सोच राखेका छौँ”, उहाँले भन्नुभयो। कृषकको मागका आधारमा उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग र लहान नगरपालिका उधम विकास शाखा लहान सिरहाको आयोजनामा सामग्री वितरण गरिएको उहाँले बताउनुभयो। यता परम्परागत प्रविधिको खेतीले आम्दानीभन्दा खर्च धेरै भइरहेकाले लागत घटाउँदै कृषिमा यान्त्रिकरण गर्नका लागि कृषकलाई उपकरण हस्तान्तरण गरिएको कार्यक्रमका संयोजक मुरारी कुमार सिंहले जानकारी दिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.