शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मधेसका सबै जिल्लामा प्रदीप गिरीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम
भाद्र १६, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भदौ १६ - 
नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको १३ औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । स्व.गिरिको स्मृतिमा आज दिउँसो उनको गृहनगर लहान गरपालिका–१४ वस्तीपुरमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस सिरहाका क्षेत्रीय सभापति तथा लहान नगरप्रमुख महेश प्रसाद चौधरीले जानकारी दिए ।उनका अनुसार सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित स्व गिरिले शान्त रुपमा बस्न र थकाई मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा बनाउनुभएको आश्रममा आज श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको थियो। श्रद्धाञ्जलि कार्यक्रममा नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादव,पुर्व शिक्षा मन्त्रि चित्र लेखा यादव , नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उषा राउत मिश्र राउत ,महिला नेत्री सरिता गिरि लगायत स्थानीय नेता तथा कार्यकर्ताहरु संगै स्थानीयवासीहरुको बाक्लो उपस्तिथी रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.