शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रामशंकरको हत्यामा संलग्न दुईजना पक्राउ
मंसिर १२, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ मङ्सिर १२ - 
मंसिर ९ गते राति करिब ११ बजेतिर हत्या भएको रामशंकर यादवको हत्यामा संलग्न दुईजना पक्राउ परेका छन्। सिराहाको दक्षिणी सीमावर्ती गाउँ पालिका बरियारपट्टी १ नरगी गाउँका ३२ वर्षीय रामशंकर यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बरियारपट्टी १ बडहरीका ४८ वर्षीय दिपु भनिने दीपेन्द्रकुमार यादव र ४२ वर्षीय अजयकुमार साहलाई पक्राउ गरी अनुसन्धान थालेका छन्। मंसिर ९ गते राति हत्या गरी फालिएको अवस्थामा स्थानीय रामशंकर यादवको शव फेला परेको थियो।जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीका  अनुसार पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यान शीर्षकमा जाहेरीसमेत परेकाले थप अनुसन्धान थालिएको छ। हत्यापछि गाउँदेखि दक्षिण नरगी कुर्सन्डी सडक किनारमा रामशंकरको शव फेला परेको थियो। 

त्यही राति उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भन्दै पक्राउ परेका दीपेन्द्रले प्रहरीलाई फोन गरेको आधारमा गाउँलेहरूले हत्या भएको आशंका गरेका थिए। हत्या गरी मोटरसाइकल दुर्घटनाजस्तो देखाउन खोजिएको भए पनि स्थानीयको सूचनाको आधारमा प्रहरीले मृतक परिवारबाट जाहेरी परेपछि दुवैलाई पक्राउ गरिएको जनाए।स्थानीयका अनुसार निर्वाचनमा अपेक्षाअनुसार मत नआएको आक्रोशमा कांग्रेसका स्थानीय अगुवा रामशंकरलाई पक्राउ परेकाहरूसहितले गाउँको होटेलमा बोलाएर नरगी कुर्सन्डी सडकतिर लगेका थिए। त्यतै हत्या गरेर दीपेन्द्रको निर्माणाधीन घरमा ल्याई पुनः सडक किनारमा फालेर दुर्घटनाको रूप दिन खोजिएको गाउँलेहरूले आरोप लगाएका छन् ।

लहानबाट चाँदीको गहना सहित एक पक्राउ
भाद्र १७, २०८१ | फिरोज शेख
लहान १७ मा गए राति ६
जेठ १, २०८१ | फिरोज शेख
लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.