शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको लहानमा पनि ३१ औ अपाङ्ग दिवस मनाइयो
मंसिर १८, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ मङ्सिर १८ - 
सिरहाको लहानमा अपाङ्ग दिवस मनाइएको छ। " समावेशी विकासका लागि रुपान्तरित समाधान पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान श्रीजन्शिलताको प्रावधान " भन्ने मुल नारा सहित विभिन्न कार्यक्रमको आयोजना गरी शनिबार लहानमा पनि ३१ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइएको हो। कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले नगरपालिका तथा गाउँपालिकहरुले अपाङ्गता मैत्री भवन  निमार्ण गर्नु पर्नेमा जोड दिएका छन् । अपांगता भएका व्यक्तिहरुको हक अधिकारको सुनिश्चितताको लागी सबै पक्ष मिलेर सहयोग गर्न सहभागीहरुले आग्रह समेत गरेका छन् । 

कार्यक्रममा अपांगहरुको तर्फबाट बोल्दै  सहभागी शम्भु नेपालि यादवले सरकारले अपांगता व्यक्तिहरुको लागि नियम कानुन बनाएपनी लागू नभई कागजमै सिमित रहेको बताए । सरकारले अपांग मैत्री भवनहरु बनाउने भनेर घोषणा गरेपनि त्यो नपाइएको यादवले बताए । उनले भने, अपांग मैत्री भवनहरु नहुदा बैंकमा सुरक्षा भत्ता लिन माथी जान समेत समस्या भएको छ ।”अपाङ्ग पुनर्स्थापना केन्द्र लहान सिरहाका अध्यक्ष संजय अग्रवालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति लहान  नगरपालिकाका उप प्रमुख रामचलितर महतो रहनु भएको थियो। कार्यक्रममा लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जगदीश मण्डल,मानव अधिकारकर्मी भैरव गेलाल,अनिता चौधरी ,रेखा चौधरी, फुट क्लवका अध्यक्ष भोगेन्द्र सिंह ,फिजियो थेरापिष्ट अरुण साह, संचारकर्मी फिरोज शेख र महेश सिंह लगायतले शुभकामना व्यक्त गरेका थिए ।

लहान नगरपालिकाका उप प्रमुख रामचलितर महतोले लहान नगरपालिकाले अपाङ्ग पुनर्स्थापना केन्द्र लहान सिरहाको आफ्नै अपाङ्गता मैत्री भवन निमार्ण गर्न आफुहरु जग्गा उपलब्ध गराउने प्रतिबध्ता जनाउनु भएको छ। नगरपालिकाको भवन पहिलानै निमार्ण भैसकेको भए पनि  आचारसंहिता अनुसार नगरपालिकाले काम गरी रहेको हुदा अपाङ्गता भएका व्यक्तिहरुलाई अब सेवा लिन सहज वातावरण बनाउने बताउनु भयो। उनले अपांगता परिचय पत्र निरन्तर वितरण गरिरहेको समेत जानकारी गराए ।कार्यक्रमको संचालन अपाङ्ग पुनर्स्थापना केन्द्रका सचिब मंसी साहले गरेका थिए।

इद उल फित्रको अवसरमा विपन्नलाई सहयोग
बैशाख ८, २०८० | सरगम खबर समाचारदाता
अपडेट : कुटपिटमा परेपछि मण्डलले विषादी
चैत्र १९, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.