शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नि: शुल्क शल्यक्रिया शिविर सम्पन्न : १७ जना लाभान्वित
पौष ३, २०७९ | फिरोज शेख

फिरोज शेख २०७९ लहान पुस ३ - 
सिरहाको लहानमा हाडजोर्नी रोग सम्बन्धि नि:शुल्क शल्यक्रिया शिविर सम्पन्न भएको छ। मिति २०७९ मङ्सिर २९ गते देखि पुस २ गते सम्म काठमाडौंका ख्याति प्राप्त विशेषज्ञ डाक्टरहरुद्वारा इम्पाक्ट नेपाल संस्थाको सहकार्यमा सप्तऋषि अस्पताल लहान -३ तथा रोटरी क्लव अफ लहानको संयुक्त आयोजनामा सम्पन्न तिन दिने हाडजोर्नी रोग सम्बन्धि शल्यक्रिया शिविरमा २१० जना विरामीको चेकजाँच गर्दा १७ जना शल्यक्रिया गर्ने पर्ने विरामी फेला परे पछि उनीहरुको सफलतापुर्वक नि:शुल्क शल्यक्रिया गरिएको सप्तऋषि अस्पतालका प्रमुख तथा हाडजोर्नी रोग विशेषज्ञ डा.शुभाष बाबु साहले जानकारी दिए। शिविरमा हाडजोर्नी रोग विशेषज्ञहरु ओम अस्पताल काठमाडौंका डा.एम.पि.श्रीवास्तव ,सप्तऋषि अस्पताल लहानका डा .राजेश कुमार साह र नेपाल मेडिकल कलेज काठमाडौं जोरपाटीका डा.प्रफुल्ल श्रेष्ठले सेवा दिनु भएको थियो। सप्तऋषि अस्पतालमा संचालित तिन दिने शिविरमा हाडजोर्नी रोग सम्बन्धि नि:शुल्क शल्यक्रिया ,विरामी भर्ना एवम बेड चार्ज नि:शुल्क गरिएको थियो। त्यस्तै औषधि र डेंटल इम्प्लांट ,रगत र एक्सरेमा ४०% छुट दिइएको थियो। 

शिविर सम्पन्न पश्चात सप्तऋषि अस्पताल तथा रोटरी क्लव अफ लहानको संयुक्त आयोजनामा आयोजित धन्यवाद ज्ञापन तथा सम्मान कार्यक्रममा सफलतापुर्वक शिविर सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेल्नु भएका तिनै जना हाडजोर्नी रोग विशेषज्ञ डाक्टरहरु एम.पि.श्रीवास्तव ,राजेश कुमार साह,डा.प्रफुल्ल श्रेष्ठ , सप्तऋषि अस्पताल लगायत शिविर सफल बनाउन खटिनुभएका सम्पूर्ण प्राविधिक टिमलाई  रोटरी क्लव अफ लहानका अध्यक्ष प्रदिप गुप्ता संगै सप्तऋषि अस्पतालका संचालक डा.शुभाष बाबु साहले धन्यवाद ज्ञापन गर्दै प्रसंशा -पत्र सहित सम्मानित गरेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.