शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नक्कली नोटसहित दुईजना पक्राउ
माघ २३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ माघ २३ - 
सिरहाबाट चारलाखभन्दा बढी नक्कली नोटसहित दुईजना पक्राउ परेका छन् ।सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले नक्कली चार लाख पैँतीस हजार रुपैयाँसहित शनिबार साँझ दुई जनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा लहान नगरपालिका १९ स्थायी घर भएका ३० वर्षीय मोहम्मद ओसिन र सोही नपा १० स्थायी घर भएका २२ वर्षीय मोहम्मद राज शेख रहेका छन्।सिरहाको लहान नगरपालिका ७ स्थित पशुपति माध्यमिक विधालय नजिकको रोडबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।उनीहरूको साथबाट एक हजार दरका चार सय ३५ थान नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, सात थान सिमकार्ड तथा एक हजार पचपन्न रुपैयाँसमेत बरामद भएको छ।पक्राउ परेका उनीहरुलाई सामानसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय, लहानमा बुझाइएको छ।

लहानबाट चाँदीको गहना सहित एक पक्राउ
भाद्र १७, २०८१ | फिरोज शेख
लहान १७ मा गए राति ६
जेठ १, २०८१ | फिरोज शेख
लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.