शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सबैखाले परिवर्तनको जग हो प्रजातन्त्र : जेसी फिरोज शेख
फाल्गुन ८, २०७९ | सरगम खबर समाचारदाता

लहान २०७९ फागुन ८ सोमबार -
लहान सिटि जेसिजका अध्यक्ष जेसी फिरोज शेखले प्रजातन्त्र दिवस सबैखाले आन्दोलनका जग भएको बताएका छ्न । लहान सिटि जेसिज द्वारा आइतबार ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अबसरमा आयोजित दिप प्रज्जवलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनका उपलब्धिहरु संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन। लहानको शहिद चौकमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष शेखले २००७ सालको राणा शासन अन्त्य विरुद्धको आन्दोलनबाट परिवर्तनको जग शुरु भएको बताए। राणा शासकहरूको १०४ वर्ष लामो वंशीय, निरङ्कुश र हुकुमी शासनलाई बिदा गरी मुलुकमा २००७ फागुन ७ का दिन ‘प्रजातन्त्रको दियो’ बालिएको स्मरण गराउदै २०६३ वैशाखमा लोकतन्त्र स्थापनासँगै यो दिन ओझेलमा परेको भनिए पनि अब ‘प्रजातन्त्र’को ठाउँमा ‘लोकतन्त्र’ले ठाउँ लिएको बताए । बिस्तारै बोलीचालीमा ‘प्रजातन्त्र’ शब्द हराउँदै गएको छ र त्यो ‘लोकतन्त्र’ले लिएको जानकारी गराउदै शब्द फेरिए पनि शासकीय वृत्त अझै लोकतन्त्रसँग अभ्यस्त छैन, तिनका क्रियाकलापमा राणा शाहीकै छवि नियमित देखिएकाले त्यस्ता तत्वहरुलाई रोक्न युवाहरु सक्रिय हुनु पर्ने कुरामा जोड दिए। 

लहान सिटि जेसिज वर्ष २०२३ का एन जी ओ / आइ एन जी ओ डाइरेक्टर जेसी आदित्य सहनी संयोजक रहनु भएका दिप प्रज्जवलन कार्यक्रममा लहान सिटि जेसिजका पुर्व अध्यक्ष तथा वर्ष २०२३ का अध्यक्षीय सल्लाहाकार संगै नेपाल जेसिज वर्ष २०२३ का  बोड सल्लाहकार जेसी बसन्त साह , लहान सिटि जेसिजका अर्का अध्यक्षीय सल्लाहकार गंगा यादव लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा वर्ष २०२३ का महासचिव जेसी उमेश कुमार यादव ,कोषाध्यक्ष जेसी उमेश साह , तालिम निर्देशक जेसी देवनलाल ठाकुर ,जनसम्पर्क अधिकारी सरोज ठाकुर ,उपाध्यक्ष जेसी खुश्बु जयसवाल ,जेसी बमचंद्र चौधरी ,सचिव जेसी शिवानन्द चौधरी लगायत जेसिज सदस्यहरुको उपस्तिथी रहेको थियो। त्यस्तै शनिबार मात्र लहान सिटि जेसिजले शिवरात्रीको अवसरमा लहान ५ स्थित रहेका शिव मन्दिरमा भक्तजनहरुका लागि नि:शुल्क शुद्ध पिउने पानीको व्यवस्थापन गरेका थिए। 

सदन निर्माणका लागि वडा अध्यक्ष (
फाल्गुन २२, २०७९ | फिरोज शेख
सेल्फी रोडको स्ट्रीट लाईट खर्च विवरण
फाल्गुन २०, २०७९ | फिरोज शेख
सबैखाले परिवर्तनको जग हो प्रजातन्त्र :
फाल्गुन ८, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.