शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा क्यान्सर सम्बन्धी निःशुल्क शिविर सम्पन्न
फाल्गुन १०, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ फागुन १० - 
सिराहाको लहान नगरपालिका वडा नं. ८ को आयोजनामा क्यान्सर रोग सम्बन्धि एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ। लहान नगरपालिका वडा नं. ८ का अध्यक्ष श्याम साह भोरे भोरको अध्यक्षतामा सोमबार बिहान सुरु भएको शिविरको उद्घाटन गर्दै लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले क्यान्सर जस्तो महारोगको न्यूनीकरणका लागि गरेको पहल प्रति वडा नं. ८ का साथै पूर्वाञ्चल क्यान्सर अस्पताल प्रति आभार व्यक्त गरे । चौधरीले निकट भविष्यमा लहान नगरपालिकाले पाठेघर क्यान्सर सम्बन्धी शिविर आयोजना गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । त्यसबाट पहिचान भएका पाठेघरका क्यान्सर रोगीहरुलाई नगरपालिकाले विशेष राहत प्याकेज उपलब्ध गराउने जनाएका छन्। मेयर चौधरीले नगरपालिकाको सञ्चालनमा ल्याउन लागेको ३ वटा बर्थिङ सेन्टरमा एमबीबीएस डाक्टर राख्ने पहल भईरहेको पनि बताए । 

क्यान्सर केयर सेन्टर लहानको सहकार्य र वडा नं. ८ को आयोजनामा क्यान्सर केयर सेन्टर लहान ७ मा आयोजित नि:शुल्क शिविरमा पूर्वाञ्चल क्यान्सर अस्पतालका एमडी डा .बिरेन्द्र यादव लगायत उहाँको टिम द्वारा १७५ जना विरामीको चेकजाँच गरिएको वडा अध्यक्ष भोरेभोरले जानकारी दिए। शिविरको उद्घाटन सत्रमा उपमेयर रामचलितर महतो , लहान २४ का अध्यक्ष रासलाल राय ,नेपाली कांग्रेसका नेता सन्तोष उपाध्याय , लहान नगरपालिकाका आर्थिक सल्लाहकार उमेश साह ,वडा सदस्य राजु मण्डल लगायतले शुभकामना मन्तव्य राखेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.