शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बैंकको रकम लुटी फरार भएका तीन जना पक्राउ
चैत्र १३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ चैत १३ - 
बैंकको रकम लुटी फरार भएका तीन जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेका छन्। घटनामा संलगन लहानका दुई जना र कल्याणपुरका एक जना गरि जम्मा तीन जानालाइ ९ लाख रकम लुटेकाे आरोपमा पक्राउ गरि कर्बाही गरेको जिल्ला प्रहरी कर्यालय सिरहाले आइतबार पत्रकार सम्मेलनमार्फत जनकारी गराएका छन्।पक्राउ पर्नेहरुमा जिल्ला सिरहा लहान नगरपालिका वडा नं १३ सुकरामपुर टोल बस्ने वर्ष ३६ का जिबछ बि.क.त्यसै लहान नगरपालिका वाड नं. १९ छरापटि बस्ने वर्ष ४७ का सत्य नारायण मण्डल र सिरहा कल्याणपुर नगरपालिका वडा नं. ८ बस्ने वर्ष ४५ का श्याम कुमार यादवलाई पक्राउ गरि कर्बाही अगाडी बढाएका छन् ।

मिति २०७९फागुन १० गते जिल्ला सिरहा मिचैया नगरपालिका वडा नं. ३ बताहा पुल स्थित कल्याणपुर जाने बाटोमा ग्लोबल आई. एम. ई. बैंकको शाखा कार्यालय कल्याणपुर सिरहामा काम गर्ने कर्मचारीले ज. ६.प. ८९८५ नं.को मोटरसाईकल चलाई मिचैयाको ग्लोबल आई. एम. ई बैंकबाट नगद ९ लाख रकम निकाली कालो ब्यागमा हाली पछाडी ढाडमा बोकी ग्लोबल आई. एम. ई. बैंक शाखा कार्यालय कल्याणपुर तर्फ लिएर आउने क्रममा नम्बर नखुलेका MT र अपाचे मोटरसाईकलमा आएका पक्राउ परेका तिन जना सहित चार जनाले पेस्तोल देखाई उक्त रकम खोसी फरार भएका थिए। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा तथा ईलाका प्रहरिकार्यालय मिचैया सिरहा लगायत मातहत समेतको प्रहरी टोलिले खोजतलाश गर्दै जाने क्रममा मिति २०७९ चैत ९ गते सिरहा नगरपालिका स्थित हेमनारायण चोक स्थितबाट तिनै जनालाई फेलापारी पक्राउ गरिएको र फरार एक जनाको पनि खोज तलाश भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

लहानबाट चाँदीको गहना सहित एक पक्राउ
भाद्र १७, २०८१ | फिरोज शेख
लहान १७ मा गए राति ६
जेठ १, २०८१ | फिरोज शेख
लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.