शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान कुटपिट घटना : तिन जना माथि कर्तव्य ज्यान कसुरमा
चैत्र २०, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ चैत २० -
सिरहाको लहान नगरपालिका– ८ का एक युवकलाई कुटपिट गर्दै विषादी सेवन गराई हत्या गरेको कसुरमा तिन जना माथि उजुरी दर्ता भएको छ। लहान– ८ घर भई स्थानीय प्रिया जनरल स्टोरमा कार्यरत २१ वर्षीय हरिभजन मण्डलको हत्यामा संलगन लहान नगरपालिका वडा न. ८ बस्ने ७२ बर्षिय राजलाल साह सोनार ,उनका दुई छोरा अन्दाजी बर्ष ४० को शिव साह सोनार र भोला साह सोनार माथि ईलाका प्रहरी कार्यलय लहानले कर्तव्य ज्यान कसुरमा जाहेरी दर्ता गरेको लहान - ८ का वडा अध्यक्ष श्याम साह भोरेभोरले जानकारी दिए।

लहान– ८ घर भई स्थानीय प्रिया जनरल स्टोरमा कार्यरत २१ वर्षीय हरिभजन मण्डलको शनिबार राति घर फर्किने क्रममा स्थानीय राजलाल साह सोनारले अण्डा बेच्ने ठेलाले पछाडिबाट धक्का दिएपछि सामान्य विवाद भएको थियो । विवादपछि घर पुगेका मण्डललाई पछ्याउँदै गएका साहले आफु र आफ्ना छोरा शिव, भोला र नाति भिमलाई बोलाएर मर्नासन हुने गरि कुटपिट गर्दै विषादी सेवन गराएको प्रत्यक्षदर्शी छिमेकीहरुले बताएका छन्। कुटपिटपछि गम्भिर घाइते भएका मण्डल दुई–तीन पटक बान्ता गरे पछि छिमेकीहरुको सहयोगमा आफन्तले  उपचारका लागि स्थानीय कामना नर्सिङ होम पुर्याएका थिए । त्यहाँ पुर्याएलगत्तै मण्डलको अवस्था गम्भिर बन्दै गएपछि तत्काल रेफर गरी विराटनगरस्थित विराट नर्सिङ् होम पुर्याए पनि उपचार शुरु हुनु अगावै मृत्यु भएको थियो। घटना स्थल बाट सेल्फस नामको विषादीको बट्टा बरामद भएको मृत्कका काका मुन्ना मण्डलले बताए। आइतबार करिब दुई बजे देखि नै मृत्क मण्डलको शव घटना स्थलमै राखी आक्रोशित भएका स्थानीयहरु आरोपितको घरमा ढुंगामुड़ा समेत गरेको बुझिएको छ। सोमबार मुचुल्का पश्चात मृत्क मण्डलको अन्तिम संस्कार गरिएको छ।

यता इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कृष्ण खत्रीका अनुसार कर्तव्य ज्यान मुद्दामा तिन जाना माथि जाहिरी दर्ता भएको र  पोष्टमार्टम रिपोर्ट आएपछि मात्र कुटपिट वा विषादी सेवन कै कारणले मृत्यु भएको हो भन्ने खुल्ने बताए छन्। उनका अनुसार घटनामा संलग्न रहेको राजलाल साह सोनारलाई पक्राउ गरि जिल्ला अदालत बाट म्याद थप गरि घटनाको अनुसन्धान भइरहेको र घटनामा संलगन अन्य दुई जना छोराको खोजि कार्य भइरहेको जनाएका छन्। सभ्य स्वभाव भएका हरिभजन मण्डलको हत्याका कारण घरपरिवार संगै स्थानीय शोकाकुल भएका छन्।  पक्राउ परेका सोनार पुर्व वडा सदस्य हुन।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.