शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मेयर गोल्डकप : लहानलाई हराउदै सर्लाही फाइनलमा

11 Views

चैत्र २८, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ चैत २८ - 
वागमती युवा कल्व सर्लाहीले सिरहाको लहानमा जारि लहान मेयर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। हिम कस्तुरी युवा क्लब लहान सिरहाको आयोजनामा आयोजित लहान मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न दोस्रो सेमीफाइनलमा लहान फुटबल कल्वलाई शुन्यका विरुद्ध १ गोल गर्दै सर्लाही फाइनलमा प्रवेश गरेका हुन्। लहान स्थित श्री पशुपति आदर्श माविको खेलमैदानमा भइरहेको प्रतियोगिता अन्तर्गत रोमान्चक खेलमा उत्कृष्ट खेलको प्रदर्शन गर्दै सर्लाहीले पहिलो हाफमै १ गोल गरि विजय भएका हुन्। हजारौ दर्शकहरुको उपस्तिथी रहेको खेलमा लहानका खिलाडीहरु हाफ टाइम पछि उत्कृष्ट खेल प्रदर्शन गरे पनि लहानलाई फाइनल सम्म पुर्याउन सकेन्न। खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका सर्लाहीका राज भुसाल " म्यान अफ दि म्याच " घोषित भए। खेल अबधिभर एक मात्र गोल गर्न सफल सर्लाहीका सिर्जन गौतमलाई लहान ५ का समाजसेवी दिनेश पासवानले प्रोत्साहन स्वरूप रु.एक हजारले पुरस्कृत गरेका थिए। उपाधिकालागि चैत ३० गते विहिबारका दिन हुने फाइनल खेलमा सर्लाहीलाई विरगंजको सामना गर्नु पर्नेछ।

लहान नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछन भने उपविजेताले १ लाख ५० हजार नगद प्राप्त गर्नेछन। प्रतियोगिताको विशेष सहयोगीमा कस्तुरी युवा क्लब लहान सिरहा रहेका छन्। प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्ज ,लहान पोष्ट राष्ट्रिय दैनिक पत्रिका र गोलनेपाल डटकम रहेका छन्। यसै बीच बुधबारका दिन दिउँसो ३ बजे देखि लहान नगरपालिकाका निर्वाचित जनप्रतिनिधि र नगरपालिकाका कर्मचारी बीच मैत्री पूर्ण खेल हुने आयोजकले जनाएका छन्। 
 

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.