शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा लाखौको लागुऔषध बरामद
जेठ २३, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० जेठ २३ - 
सिरहाको खैरटोका सिमा नाका(माडर)मा २४ घन्टा प्रहरी त्यनात हुदा पनि लाखौ मूल्य बराबरको लागुऔषध बरामद भएको छ।  सिरहाको नरहा गाउँपालिका वडा नं ३ स्थित नयाँ चोहर्वामा हिजो राती मोटरसाइकल दुर्घटना हुदाँ घाइतेको झोला बाट लाखौको लागुऔषध बारमद भएको हो । सिमानाकाको चारै तिर प्रहरी खटिदा पनि कसरी सिमानाका बाट करिब १८ किलो मिटर सम्म लागुऔषध लिएर आउदा पनि प्रहरीले थाहा नपाउनुका कारण संका उतपन्न भएको छ ।

जिल्ला प्रहरी कार्यलयका डिएसपी रबिन्द्रराज पाण्डेलाई यस बारे बुझ्दा " हाम्रो तिर बाट लागुऔषध नियन्त्रण गर्ने प्रयास भएकै हो "हामीले ठाउँ-ठाउँमा  चेकजाँच गरि पटक -पटक लागुऔषध नियन्त्रणमा लिएको बताए ।राति सिरहाबाट नयाँ चोहर्वा हुँदै पश्चिम दिसा तर्फ जादै गरेको प्रदेश १ ०५-००१-प गाडी नम्बर रहेको पल्सर मोटरसाइकलका चालक इलाका प्रहरी कार्यलय मिर्चैयाबाट राती गस्तीमा खटिएको टोलिलाई देखेर भाग्ने क्रममा तीब्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सिरहाका डिएसपी पाण्डेले  जानकारी दिए । डिएसपि पाण्डेका अनुसार चालक गम्भीर घाइते भएता पनि मोटरसाइकल र झोला छोडेर भाग्न सफल भएका छन्।

मोटरसाइक चालकले मोटरसाइकलमा झुण्डयाएको झोला शंकास्पद लागेपछि चेकजाँच गर्ने क्रम्मा मिचैया प्रहरी टोलीले झोलाबाट नाइट्रोभेट २ पत्ता, स्पास्मो ४ पत्ता र तरल पदार्थ Dialex DC  र Codiwel को हजारौँ बोतल फेला परेको  जिल्ला प्रहरी कार्यलय सिरहाका डिएसपी  पाण्डेले बताए। बरामद लागूऔषध १५ देखि २० लाख सम्मको हुन् सक्ने प्रहरीको अनुमाण छ। लागु औषध र मोटरसाइकल छाडेर भाग्नेको पहिचान अहिले खुल्न नसकेको र यस बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.