शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पशुपालक किसानलाई अनुदानमा विभिन्न सामग्री उपलब्ध गराइयो
असाड २८, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० असार २८ - 
लहानका पशुपालक किसानहरुलाई लहान नगरपालिकाले ७५ प्रतिशत अनुदानमा विद्युतीय च्याप कटर (घाँस,पराल काट्ने मेसिन) ,५० प्रतिशत अनुदानमा चिलिङ्ग भ्याट मेसिन , ७५ प्रतिशत अनुदानमा डिप फ्रिज र शत प्रतिशत अनुदानमा मिल्क क्यान प्रदान गरेको छ। नगरपालिकाको पशु विकास शाखामार्फत लहान नगरपालिका भित्रका मापदण्डमा परेका २२ जना व्यवसायिक किसानहरुलाई २२  थान च्याप कटर प्रदान गरिएको हो। ४० हजार मूल्यमा खरिद गरिएका ती मेशिन विहिबार पशु विकास शाखाको कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख महेश प्रसाद चौधरी मार्फत किसानहरुलाई वितरण गरिएको हो। मेसिन पाउने फर्महरूमा स्मार्ट लहान डेरी उधोग लहान ६ ,फ़नैत कुखुरा तथा हाँस पालन फार्म लहान १२ ,दिनेश पशु पालन फर्म लहान २४ ,धर्मेन्द्र कृषि तथा पशु पालन फर्म लहान ११ ,पुष्पान्जली पशु पालन फर्म लहान २३ ,सहज बहुदेश्य कृषि फर्म लहान ७ ,सल्हेश कृषि आधुनिक फर्म लहान २२ ,जय श्री कृष्ण कृषि तथा पशुपालन फर्म लहान २२ ,महिला एकीकृत कृषि फर्म लहान २४ ,यशोधा बहुदेश्य कृषि फर्म लहान १८ ,महादेव पशुपालन तथा कृषि फर्म लहान १५ ,माँ भवानी कृषि तथा पशु फर्म लहान १९ ,अलहसवा कृषि तथा पशु फर्म लहान १७ ,मधेश स्वराज नमुना गाई फर्म लहान १० ,जय माँ सन्तोषी कृषि फर्म लहान २३ ,पशुपालन फर्म लहान २१ ,पशुपालन फर्म लहान ४ ,ओम बाबा साई एग्रो फर्म लहान १९ ,किसान कल्याण कृषि सहकारी संस्था लहान २२ , पशुपालन फर्म लहान २१ र डाँफे कृषि सहकारी संस्था लिमिटेड रहेका छन्।

त्यस्तै न्यु राधे राधे डेरी उधोग लहान २ लाई ५०० लिटरको चिलिङ्ग भ्याट मेसिन ( दुध ,दहि लगायत दुध बाट बन्ने परिकारहरु राख्ने मेसिन ) ५० प्रतिशत अनुदानमा हस्तान्तरण गरिएको छ। भने कामधेनु कृषि फर्म लहान १ ,कुशवाहा पशु पालन फर्म लहान २० ,हरिदेवी दह पशु पालन फर्म लहान १७, लहान दुध दहि बिक्रि केन्द्र लहान ३ ,शिव बाबा किराना पसल लहान ११ ,डि एण्ड डि ट्रेडर्स लहान ६ ,जेनिसा किराना पसल लहान १५ ,मुस्ताक फ्रेस मिट हाउस लहान ६ र सुलभ मत्स्य प्रजनन फर्मलाई ७५ प्रतिशत अनुदानमा ४९ हजार पर्ने डिप फ्रिज उपलब्ध गराइएको छ। त्यस्तै २० जना किसानलाई शत प्रतिशत अनुदानमा दुध बेचनका लागि ५ हजार पर्ने मिल्क क्यान बोक्स प्रदान गरिएको 
नगरपालिकाका पशु विकास शाखा प्रमुख राम कृष्ण यादवले बताए ।

मेसिन वितरण गर्दै नगरप्रमुख महेश प्रसाद चौधरीले नगरपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । मेसिनको प्रयोगले व्यवसायिक किसानहरुलाई पशुपालनमा सहजता ल्याउने र उत्पादन बृद्धि हुने अपेक्षा लिएको बताए। कार्यक्रम पशु विकास संयोजक लहान १५ का वडा अध्यक्ष तेज नारायण चौधरीको अध्यक्षतामा भएको थियो। कार्यक्रममा लहान नगरपालिकाका प्रवक्ता तथा लहान ६ का वडा अध्यक्ष रमेश गौतम लगायत संचारकर्मी तथा कर्मचारी र किसानहरुको समेत सहभागिता रहेको थियो। उपकरण वितरण गर्नु पुर्व उपकरण पाएका फर्मका संचालकहरुलाई ३ दिने व्यवसायिक गाई ,भैसी पालन प्रविधि सम्बन्धि तालिम पनि दिइएको जनाइएको छ। 
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.