शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रोटरी क्लव अफ लहानका अध्यक्ष चौधरी द्वारा पदभार ग्रहण
भाद्र १३, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० भदौ १३ - 
रोटरी क्लब अफ लहानको पाँचौ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२३/२०२४ का नवनिर्वाचित अध्यक्ष जय प्रकाश चौधरीलाई प्रमुख अतिथि जोनल कोर्डिनेटर जोन - ६ का प्रमुख बासुदेव गोल्यानले सपथ ग्रहण सँगै पदभार ग्रहण गरिएका थिए । नवनिर्वाचित अध्यक्ष चौधरीले आफनो कार्यकालमा मानवीय सेवामा निरन्तर सहयोग गर्ने तथा योगदान दिने बताए । कार्यक्रमका प्रमुख अतिथि गोल्यानले मानवीय सेवा भावनासहित समुदायमा रचनात्मक कामहरु गर्न आफना मातहतका क्लबहरुलाई सुझाव दिदै थोरै थोरै सहयोगबाट वृहत कार्यक्रम गर्न सकिने समेत बताए।  कार्यक्रममा वर्ष २०२२/२०२३ का अध्यक्ष प्रदिप कुमार गुप्ताले आफ्नो कार्यकालमा गरेको कार्यक्रमबारे प्रकाश पार्दै सहयोगी पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनोबाट सम्मान गरेका थिए । वार्षिक कार्यक्रम अन्तरगत वृक्षा रोपन,आँखा शिविर,रक्तदान,ह्विल चेयर वितरण,स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु गरिएको उनले बताए ।

वर्ष २०२३/२०२४ का अध्यक्ष चौधरीले पदभार ग्रहण गर्दै वर्ष २०२४/२०२५ का लागि डा.शुभाष बाबु साह र वर्ष २०२५ /२०२६ का लागि सिद्धिराज अग्रवाल अध्यक्ष पदमा मनोनित हुनु भएको जानकारी गराउदै निवर्तमान अध्यक्ष प्रदिप कुमार गुप्ता ,सचिव सुनिल चौधरी ,कोषाध्यक्ष नागेन्द्र साह लगायत सदस्यहरु पवन मुन्धडा ,पुनम चौधरी ,शिवान्नद चौधरी,शंकर चौधरी,डा.महेन्द्र प्रसाद चौधरी,निरज गुप्तालाई पद तथा गोपनियताको सपथ ग्रहण गराउदै पदभार ग्रहण गराएका थिए। कार्यक्रमा कल्वका तिन जना नयाँ सदस्यहरुलाई सपथ ग्रहण गराउदै प्रमुख अतिथि बासुदेव गोल्यानले क्लवको पिन लगाएर स्वागत तथा सम्मान गरेका थिए। कार्यक्रमको बिशिष्ठ अतिथिहरुमा लहान नगरप्रमुख महेश प्रसाद चौधरी , जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास  सारडा रहनु भएको थियो। मैथिली भाषा तथा मैथिली साहित्य क्षेत्रमा अतुल्य योगदान पुर्याएको ठहर गर्दै साहित्यकार अर्जुन प्रसाद गुप्ता दर्दिलालाई प्रशंसा -पत्रले सम्मानित गरेका थिए। 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.