शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
स्रोत नखुलेको ४४ लाख रकम सहित दुई जना नियन्त्रणमा
भाद्र १६, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० भदौ १६ - 
सिरहा प्रहरीले स्रोत नखेलेका रकम सहित दुई जनालाई  नियन्त्रणमा लिएका छन्।सिरहा नगरपालिका वडा नं. १७ माडर काली चौक स्थित प्रहरी चौकी खिरौना सिरहाबाट प्रहरी सहायक निरीक्षक दुर्गा प्रसाद यादव र ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट प्रहरी नायव निरीक्षक अमित कुमार रायको कमाण्डमा खटिगएको संयुक्त टोलीले गोप्य सुचनाको आधारमा भारतको जयनगरबाट नेपाल तर्फ आउदै गरेको BR7C 4224 नं.को Hyundai santro कारलाई रोकी चेकजाँच गर्दा कार चालक जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं.१७ माडर बस्ने वर्ष ५२ को प्रेम कुमार यादव र सोही कारमा सवार सिरहा नगरपालिका वडा नं. ७ हेमनारायण चौक बस्ने वर्ष ४२ को संजय कुमार साह पक्राउ परेका हुन। कार चेकजाँच गर्दा कारको आगाडीको सिट मुनीको भागमा घर्रा जडान गरी घर्रा भित्र कालो प्लास्टिकमा लुकाई छिपाई ल्याएको स्रोत नखुलेको नेपालि ४४ लाख नगद फेला परेको जनाइएको छ। उक्त रकम र कार सहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय,ईटहरी बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

लहानबाट चाँदीको गहना सहित एक पक्राउ
भाद्र १७, २०८१ | फिरोज शेख
लहान १७ मा गए राति ६
जेठ १, २०८१ | फिरोज शेख
लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.