शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० कार्तिक १८ - 
सिरहाको भगवानपुर गाउँपालिका वडा नं. ०१ भगवानपुर स्थित हुलाकी मार्गबाट एक जनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-११ का ३३ वर्षीय सन्तोष चौधरी रहेका छन् । उनलाई अस्थायी प्रहरी पोष्ट भगवानपुर सिरहाबाट प्र.स.नि. मुना साहको कमाण्डमा खटिएको चेकिङ टोलीले पक्राउ गरेको हाे । हुलाकी मार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको  स ९ प ८२५१ नं.को मोटरसाईकललाई शंका लागी चेकजाँच गर्ने क्रममा चौधरी पक्राउ परेकाे हाे ।  मोटरसाईकल चालक चौधरीले मोटरसाईकलको सिट मुनि कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको लागुऔषधहरु DIALEX-DC लेखिएको– १ बोतल ,फेनरगन लेखिएको ३० एम्पुल, डाईजेपाम लेखिएको ३० एम्पुल , ब्रुफेनोरफिन लेखिएको ३० एम्पुल फेला परेको हुदाँ उक्त लागूऔषध र मोटरसाईकल सहित चौधरीलाई नियन्त्रणमा लिई ई.प्र.का. लहान सिरहाबाट थप अनुसन्धान भईरहेको छ ।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.