शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा इन्टर स्कुल टि-20 क्रिकेट प्रतियोगिता शुरु
मंसिर २६, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० मङ्सिर २६ - 
सिरहाको लहानमा इन्टर स्कुल टि-20 क्रिकेट प्रतियोगिता शुरु भएको छ। लहान क्रिकेट क्लवको आयोजनामा हिजो बाट इन्टर स्कुल टि-20 क्रिकेट प्रतियोगिता शुरु भएको हो। लहान १० स्थित ट्राईल सेन्टरको छेउमा अवस्थित खेल मैदानमा एक कार्यक्रका बीच नगरप्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यता र नगर उपप्रमुख राम चलितर महतोको विशिष्ट आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो। उद्घाटनको क्रममा प्रमुख अतिथि चौधरीले ब्याटिंग र विशिष्ट अतिथि महतोले बलिङ्ग गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए। लहान क्रिकेट क्लवका अध्यक्ष राकेश अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा विभिन्न संघ -संस्थाका पदाधिकारी ,राजनीतिकर्मी ,समाजसेवी ,संचारकर्मी ,अधिकारकर्मी ,खेलप्रेमी लगायतको उपस्तिथी समेत रहेको थियो।

प्रतियोगिता अन्तर्गत सम्पन्न उद्घाटन खेलमा जी वि शोव स्कुलले नेशनल एकेडमी स्कुललाई १०८ रनले हराएका छन्। टस हरेर पहिला  ब्याटिंग गरेको जी वि शोव स्कुलले निर्धारित २० ओभरमा ५ विकेट गुमाई २०१ रन बनाएको थियो। जसमा सुदर्शन यादवले ५३ रन,ब्रहम सिंह ५० रन र निरज यादवले १९ रनको योगदान दिएका थिए।  २०२ रनको विजय लक्ष्य सहित ब्याटिंग गर्न आएका नेशनल एकेडमी स्कुलका खिलाडीहरुले फितलो प्रदर्शन गर्दै १४ ओभरमा सबै विकेट गुमाई ८४ रनमा सिमित भएका थिए। नेशनल एकेडमीको तर्फ बाट नउमन राइन २० रन ,कुरबान राइन १८ रन र आसिफ राइनले १२ रनको योगदान दिए। उद्घाटन खेलको उत्कृष्ट खिलाडी जी वि शोव स्कुलका प्रभाष यादव भएका थिए। यादवले २० रन खर्चेर ४ विकेट हाथ परेका थिए।

यसै बीच हिजै सम्पन्न प्रतियोगिताको दिस्रो खेलमा पशुपति आदर्श माविले शल्हेश फुलबारी स्कुललाई ७ विकेटले हराएका छन्। टस जितेर पहिला ब्याटिंग गरेको शल्हेश फुलबारीले निर्धारित १५ ओभरमा ७ विकेट गुमाई ९७ रन बनाएको थियो। जसमा श्याम सुन्दर साह १९ ,बिबेक चौधरी १८ र जितेन्द्र यादवले १४ रनको योगदान दिएको थियो। ९८ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका पशुपति आदर्श माविका खिलाडीहरुले ९ ओभरमा ३ विकेट गुमाई ९८ रन बनाई विजय भएका थिए। पशुपति आदर्श माविका लागि विवेक मण्डल ४५ ,दिपेश मण्डल २५ र सन्नी मण्डलले ११ रन बनाएका थिए। १५ रन खर्चेर ३ विकेट लिएका पशुपति आदर्श माविका खिलाडी बिदुर पासमान म्यान अफ द म्याच 
घोषित भए। प्रतियोगितामा लहानका २४ वटा स्कुलहरुको सहभागिता रहेको आयोजकले जनाएका छन्। प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम रहेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.