शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
२१ औ इन्टर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि बेबी एन्जलले जित्यो
पौष ८, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० पौष ८ - 
लहान क्रिकेट क्लवको आयोजनामा आयोजित २१ औ इन्टर स्कुल टि-20 क्रिकेट प्रतियोगिताको उपाधि बेबी एन्जल स्कुल लहान ४ ले  जितेका छन्। शनिबार सम्पन्न फाइनल खेलमा बेबी एन्जल स्कुलले लक्ष्मन ललिता कुशवाहा उच्च मावि लहान -३ लाई ३८ रनले पराजित गर्दै उपाधि उचालन सफल भएका हुन्। टस जितेर पहिला ब्याटिंग गरेको बेबी एन्जलले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १२४ रन बनाएका थिए। १२५ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका ललकु माविका खिलाडीहरु १८ ओभर २ बलमा अल आउट हुँदै मात्र ८६ रनको योगफलमा समेटिएको थियो। ललकुका म्यान अफ द सिरिज भएका नरेश कामैत बाहेक कसैले राम्रो प्रदर्शन गर्न नसक्दा १२५ रनको मध्यम स्कोर पनि पार गर्न सकेंनन र ३८ रनले पराजित हुँदै उपविजेताको रुपमा पुनः चित्त बुझाउनु पर्यो। गत बर्ष सम्पन्न २०औ प्रतियोगितामा पनि ललकु बेबी एन्जल संगै फाइनलमा ७ विकेटले पराजित भएका थिए। 


विजेता बेबी एन्जल तथा उप-विजेता ललकुका खिलाडी संगै विभिन्न विधामा उत्कृष्ट भएका खिलाडीहरुलाई लहान क्रिकेट क्लवका अध्यक्ष राकेश अधिकारी ,संयोजक लक्ष्मी सहनी ,कोषाध्यक्ष गिरिराज रौनियार ,प्रमुख अतिथि जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका विकास सारडा ,विशिष्ट अतिथि संचारकर्मी तथा पुर्व क्रिकेट खिलाडी बिमल ठाकुर , जिविएस ट्रेड लिंक सुजुकी कार शो रुमका संचालक राकेश गुप्ता   ,लहान सिटि जेसिजका अध्यक्ष तथा शेख मिडिया हाउस प्रालि र रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेख, पुर्व क्रिकेटर राजकुमार राउत ,कैलाश चौधरी , नन्दकिशोर साह ( डब्लु ) ,युवा नेता अशोक चौधरी लगायत विभिन्न संघ -संस्था तथा सहयोगी प्रतिनिधिहरुले शिल्ड ,मेडल र प्रमाण -पत्र हस्तान्तरण गरेको लहान क्रिकेट क्लवका युवा खिलाडी राकेश कामैतले जानकारी दिए। लहानका २४ वटा स्कुलको सहभागिता रहेको प्रतियोगिताको समुद्घाटन मङ्सिर २५ गते नगरप्रमुख महेश प्रसाद चौधरी र उपप्रमुख राम चलितर महतो द्वारा गरिएको थियो। यसै बीच प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गर्नेहरुमा म्यान अफ द फाइनल बेबी एन्जलका अंकित यादव ,बेस्ट ब्याट्स म्यान दिपेश मण्डल पशुपति मावि ११४ रन ४ म्याच ,बेस्ट बलर लिट्टिल स्टार स्कुल  राहुल साह ३ म्याचमा ११ विकेट , म्यान अफ द सिरिज नरेश कामैत ल ल कु ८४ रन ७ विकेट ४ म्याच , क्षमतावान खिलाडी अनिकेत श्रेष्ठ ३ म्याच ८५ रन ६ विकेट लिट्टिल स्टार स्कुल बाट घोषित भएका छन्।  प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्ज रहेको थियो। 
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.