शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राम मन्दिरको प्राण प्रतिष्ठामा सावा लाख दियो बालिने,लहानमा पनि उत्सव
माघ ८, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० माघ ८ - 
आज (सोमबार) जनकपुरधाममा सवा लाख दीप प्रज्वलनको हुने भएको छ । आज हुने भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा जनकपुरधाममा सावा लाख दीप प्रज्वलनको तयारी गरिएको हो ।जानकी मन्दिरले घरघर तथा मठमन्दिरमा दिप प्रज्वलन गर्न अपिल गरेको छ । त्यसको लागि मन्त्रालय र विभिन्न कार्यालयललाई जानकी मन्दिरले पत्र पठाएर अपिल गरेको छ । यसअघि जनकपुरधाम उपमहानगरपालिकाले समेत दीप प्रज्वलन गर्न अपिल गरेको थियो ।

यसै बीच सिरहाको लहान ७ स्थित रहेका राम मन्दिरमा ११ हजार १ सय ११ दीप प्रज्वलन हुने लहान ७ का वडा अध्यक्ष राम औतार शर्माले जानकारी दिएका छन्। लहानमा यसको सम्पूर्ण तयारि पुरा भैसकेको जानकारी गराउदै विहान ८ बजे रथ यात्रा , विहान ११ बजे बाट राम नाम जप भजन कृतन ,३ बजे दीप प्रज्वलन , प्रसाद वितरण लगायतका कार्यक्रमहरु तय भएको र यसको सम्पूर्ण तयारी भइसकेको जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास सारडाले जानकारी गराए। यसै बीच लहान ७ स्थित दुर्गा मन्दिरमा २ हजार १ सय २१ दीप प्रज्वलन हुनुका साथै लहान सिटि जेसिजले लहान ७ स्थित रहेको रामजानकी मन्दिरमा २ हजार १ सय २१ दीप प्रज्वलन गर्नुका साथै प्रसाद वितरण कार्यक्रमको आयोजना गरिएको लहान सिटि जेसिजका पुर्व अध्यक्ष बसन्त साहले जानकारी दिए। यसै बीच सोहि वडामा दिप प्रज्वलन गर्न आउनुहुने भक्तजनहरुका लागि लायन्स क्लव अफ फुलबारीले नि:शुल्क चिया वितरण कार्यक्रमको आयोजना गर्ने भएका छन्। रथ यात्रा तथा दिप प्रज्वलन कार्यक्रममा १० देखि १५ हजार भक्तजनहरुको सहभागिता रहने अनुमान गरिएको छ। 

यसै बीच हिन्दु धर्मावलम्बीहरूको लागि बहुप्रतिक्षित बहुप्रतिष्ठित मर्यादा पुरूषोत्तम राम मन्दिरमा हुन गइरहेको प्राण प्रतिष्ठाको अवसरमा सिरहाका १७ पालिकाहरूमध्ये सदरमुकाममा रहेको सिरहा नगरपालिका, कर्जन्हा नगरपालिका र नरहा गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । भने लहान नगरपालिका, धनगढीमाई नगरपालिका, मिर्चैया नगरपालिका, बरियारपट्टी गाउँपालिका, नवराजपुर गाउँपालिका र भगवानपुर गाउँपालिकाले आफ्नो पालिका बासीलाई आ-आफ्नो घर, टोल, मठ, मन्दिरमा भजन कृतण तथा दीप  प्रज्वलन गरि उत्सव मनाउन अनुरोध गरेका छन् ।साथ साथै पालिका क्षेत्र भित्र कुनै पनि पशुपन्छी, जीव जन्तु आदिको बध, माछा मासु  तथा मदिराको बिक्री वितरण लगायतका कार्यहरू नगरिदिनका लागि अनुरोध समेत गरेका छन् ।वर्षौंको विवादपछि अदालतको निर्णयअनुसार अयोध्यामा भगवान रामको विशाल मन्दिर निर्माण भई समुद्घाटन हुँदैछ । त्यस अवसरमा धेरै पालिकाले दीपोत्सव गर्न आग्रह गरेका छन् ।
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.