शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
चैत्र २९ गतेदेखि लहान एक्स्पो हुने
माघ १२, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० माघ १२ - 
सिरहाको लहानमा ‘लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव २०८०’  हुने भएको छ । लहान स्थित पशुपति आदर्श माविको प्राङ्गणमा जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको आयोजनामा २०८० चैत्र २९ गतेदेखि २०८१ बैशाख ९ गतेसम्म लागातार ‘लहान एक्स्पो २०८०’ महोत्सव हुन लागेको आयोजक जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकाश सारडाले विहिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए। नेपाल, भारत, पाकिस्तान र बंगलादेशका लगानी कर्ता, उत्पादक, वितरक, निर्यात कर्ताहरुलाई एउटै मञ्चमा भेला गराई सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जनकारी उपलब्ध गराउने उदेश्यका साथ सञ्चालन हुने महोत्सवमा लगभग १५० स्टॉलहरू रहने छन् जसमा मुख्यतः नेपाली घरेलु साना तथा मझौला र ठूला उद्योग, विदेशी सामान र कृषि उत्पादहरूलाई प्रदर्शन गर्ने जनाइएको छ । प्रदर्शनी तथा विक्री कक्ष, सांस्कृतिक तथा सांगितिक क्षेत्र, वाल उद्यान तथा मनोरन्जन क्षेत्र र खानपान क्षेत्रगरी महोत्सवलाई चार भागमा विभाजन गरिने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, खेल, फैशन शो र कला प्रस्तुतिहरू पनि हुनेछन् । लहान नगरपालिको संरक्षकत्व रहने यस महोत्सवलाई उत्कृष्ट बनाउन प्रदेशका विभिन्न मन्त्रालय, नेपाल पर्यटन वोर्ड र नेपाल उद्योग वाणिज्य महासंघको साथ तथा सहयोग रहने पत्रकार सम्मेलनमा जनाइएको छ ।लहान एक्स्पोले उद्योग, व्यापार र सांस्कृतिक क्षेत्रमा सम्बन्ध बनाउने एक महत्वपूर्ण कदमको रूपमा उत्कृष्टता प्रदान गर्ने र यसले देशको आर्थिक गतिविधिलाई बढावा दिने योजनामा एक महत्वपूर्ण योगदान प्रदान गर्ने जनाइएको छ ।
महोत्सवले विशेष गरी उपभोक्ता र उत्पादकहरूबीच सोहार्दपूर्ण सम्बन्ध स्थापित गर्ने र प्रविधिहरूलाई प्रोत्साहन गर्ने अवसर प्रदान गर्नेछ ।महोत्सवमा प्रवेशका लागि एक सय रुपैयाँ प्रवेश शुल्क र निर्धारित समयमा बिद्यार्थीहरुलाई निःशुल्क प्रवेश राखिएको छ ।स्थानीय र अन्तर्राष्ट्रिय स्तरको कलाकारहरुको सहभागिता रहने महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका निवर्तमान अध्यक्ष अशोक लाल अमात्यलाई लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव २०८०’को संयोजकको रुपमा चयन गरिएको छ। उहाँको संयोजकत्वमा विभिन्न समितिहरुबानाई समितिका संयोजक समेत बनाइएको छ। जस अन्तर्गत अतिथि स्वागत तथा सत्कार समिति संयोजकमा सत्रुधन प्रसाद चौधरी ,सांस्कृतिक कार्यक्रम समिति तथा सचिवालय व्यवस्थापन समिति संयोजकमा श्याम गुप्ता ,टिकट व्यवस्थापन समिति संयोजकमा राम उदगार महतो ,स्टल बुकिङ्ग समिति संयोजकमा प्रदिप कुमार गुप्ता ,मंच व्यवस्थापन समिति संयोजकमा बद्रि नारायण चौधरी , झाँकी व्यवस्थापन समिति संयोजक खुश्बु जयसवाल ,खाध व्यवस्थापन समिति संयोजक बैधनाथ साह ,स्वयम सेवक समिति संयोजकमा मनोज महतो,प्राथमिक उपचार समिति संयोजकमा अमरनाथ साह ,प्रचार प्रसार समिति संयोजकमा रबिन्द्र श्रेष्ठ रहेका छन्। 
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.