शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रथम सुरुङ्गा मेयर गोल्डकपको उद्घाटन खेलमा महोतरी विजय

3 Views

माघ १७, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० माघ १७ - 
सप्तरीको सुरुङ्गा नगरपालिकामा मंगलवार बाट शुरु भएको प्रथम सुरुङ्गा मेयर गोल्ड कपको उद्घाटन खेलमा महोतरी विजय भएका छन्। अति नै रोमान्चक खेलमा बेखाड़ी युवा क्लव बर्दिबास महोतरीले प्लान्टी सुट आउटमा ४ का विरुद्ध ५ गोल गर्दै दुधौली स्पोर्ट्स क्लव सिन्धुलीलाई पराजित गर्दै विजय शुरुवात गरेका छन्। हाफ टाइम सम्म १/१ गोलको बराबरी खेलेका दुवै टिमले हाफ टाइम पछिको निर्धारित समयमा कुनै गोल गर्न नसक्दा खेल प्लान्टी सुट आउटमा गएको थियो। प्लान्टी सुट आउटमा महोतरीले ४ का विरुद्ध ५ गोल गर्दै विजय भएका हुन्।सुरुङ्गा नगरपालिकाको आर्थिक सहयोग र स्पोर्ट्स एकेडमी कुशहाको आयोजनामा भइरहेको प्रथम सुरुङ्गा मेयर गोल्ड कपको उद्घाटन नगर प्रमुख गीता चौधरीले गर्नु भएको थियो। प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगितामा पर्सा ,सिन्धुली ,उदयपुर ,मोरंग  ,सिरहा ,महोतरी,धनुषा लगायत आयोजक स्पोर्ट्स एकेडमी कुशहा सप्तरी फुटबल क्लवको समेत सहभागिता रहेको छ।  

प्रतियोगिताको उपाधि विजेताले रु.७५ हजार ७७५ सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। त्यस्तै उपविजेताले नगद रु.५१ हजार १५१ सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने थारु कल्याणकारिणी सुरुङ्गा सप्तरीका सभापति शिवा थारुले जानकारी दिए। खेल सुरुङ्गा नगरपालिका ५ कुशहा खेल मैदानमा भइरहेको आयोजकले जनाएका छन्। आज बुधबारको खेल आयोजक स्पोर्ट्स एकेडमी कुशहा र गोलबजार स्पोट्स क्लव सिरहा बीच दिउँसो ३ बजे बाट शुरु हुने जनाइएको छ।  प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि तथा रडियो सरगम ९३ मेगाहर्ज रहेका छन्। 
 

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.