शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा पनि मनाइयो विश्‍व क्यान्सर दिवस
माघ २२, २०८० | फिरोज शेख

 

फिरोज शेख लहान २०८० माघ २२  - 
नेपालमा क्यान्सरसम्बन्धी विभिन्न सचेतना कार्यक्रम आयोजना गरि विश्व क्यान्सर दिवस मनाइएको छ। लहान क्यान्सर रिलिफ सोसाइटीले लहानमा शनिबार सचेतना र्‍यालरी सम्पन्न गरेको छ। विश्वव्यापी महामारीका रूपमा रहेको क्यान्सरविरुद्ध लड्न विश्व समुदाय एकजुट हुने उदेश्यले प्रत्येक वर्ष फ्रेबुअरी ४ मा विश्वभर क्यान्सर दिवस मनाइन्छ।यो वर्ष ‘हेरचाहमा हुने असमनताको अन्त्य गरौं’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइएको छ। लहान क्यान्सर रिलिफ सोसाइटीका अध्यक्ष अशोकलाल अमात्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि लहान नगरप्रमुख महेश प्रसाद चौधरीले कोणसभालाई सम्बोधन गर्नु हुँदै विकसित राष्ट्र र मध्यम र कम विकसित राष्ट्रबीच क्यान्सर रोगबाट अल्पायुमा हुने मृत्युदरको खाडल ठूलो भएको बताए।

नगरप्रमुख चौधरीले यो हेरचाहको अन्तर कम गर्नु आजको चुनौती भएकाले सबै मिलेर हेरचाहमा समानता खोज्नुपर्नेमा जोड दिदै स्वास्थ्य उपचारको पहुँचमा कमी, आधुनिक प्रविधिको अभाव, आयश्रोतमा कमी, शिक्षा तथा प्रचारमा कमी, जीवनशैली तथा अन्य अभाव र असमर्थताका कारण मृत्युदर बढी भएको हो। श्रेष्ठले विश्वको जुनसुकै कुनामा रहे पनि शिक्षा र आर्थिक अवस्थाको स्तर जे जस्तो भए पनि क्यान्सर रोगबाट मानिसको अकाल मृत्युबाट बचाउन सबैले समान निदान र उपचार पाउने सुनश्चितता हुनुपर्ने बताएका छन्। कार्यक्रममा जिल्ला उधोग वाणिज्य संघ लहान सिराहाका अध्यक्ष विकास सारडाले उठाउनु भएको जिज्ञासा " प्रत्येक वडामा स्मोकजोनका लागि स्थान सुनिश्चित हुनु पर्ने जिज्ञासाको जवाफ दिदै चाडै यस विषमा बोर्ड बैठक बाट निर्णय गर्ने भनि विश्वस्त गराउदै विगतमा पनि यस संस्थालाई ५ लाख र यस बर्ष ७ लाख सहयोग गरेको जानकारी गराउदै आगामी दिनमा लहान क्यान्सर रिलिफ सोसाइटी लहान नगरपालिकाको पूर्ण स्वामित्वमा संचालन हुने भनि जानकारी समेत गराउनु भयो।

कार्यक्रममा लहान सिटि जेसिज ,लायन्स क्लव ,रोटरी क्लव लगायत जे एस मुरारका बहुमुखी क्याम्पसका ,एभरेष्ट कलेज ,सल्हेश क्याम्पस ,एलएमसी कलेज लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि ,विद्यार्थी ,स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा सल्हेश क्याम्पसलाई उत्कृष्ट पोशाक र अनुसासनका लागि पुरस्कृत पनि गरिएको थियो। 
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.