शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रथम सुरुङ्गा मेयर गोल्डकपको उपाधि महोतरीलाई
माघ २४, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० माघ २४ - 
सप्तरीको सुरुङ्गा नगरपालिकामा सम्पन्न  प्रथम सुरुङ्गा मेयर गोल्ड कपको उपाधि महोतरीले जितेको छ। सप्तरीको सुरुङ्गा नगरपालिकाको मुख्य प्रयोजनमा संचालित प्रथम सुरुङ्गा मेयर गोल्ड कपको फाइनल खेलमा महोतरी विजय भएका छन्। अति नै रोमान्चक , खचाखच भरिएको खेल मैदान र घम्सा घम्सीले भरिपूर्ण खेलमा बेखाड़ी युवा क्लव बर्दिबास महोतरीले पेनल्टी शूट आउटमा ४ का विरुद्ध ५ गोल गर्दै  बिरगंज युनाईटेड पर्सालाई पराजित गर्दै उपाधि उचालन सफल भएका छन्। निर्धारित समय सम्म गोल रहित बराबरी खेलेका दुवै टिम टाई ब्रेकर अन्तर्गत पेनल्टी शूट आउटमा गएको थियो। पेनल्टी शूट आउटमा महोतरीले ४ का विरुद्ध ५ गोल गर्दै विजेता भएका हुन् । स्पोर्ट्स एकेडमी कुशहाको आयोजनामा सम्पन्न प्रथम सुरुङ्गा मेयर गोल्ड कपको पुरस्कार वितरण समारोहको अध्यक्षता मुलआयोजक समितिका अध्यक्ष रोशन चौधरीले गर्नु भएको थियो " भने प्रमुख अतिथि सुरुङ्गा नगर प्रमुख गीता चौधरीले बिजेताहरुलाई कप, प्रमाणपत्र र नगद  पुरस्कार ७५ हजार १५१ रुपैया हस्तान्तरण गर्नु भएको थियो। त्यस्तै उपविजेता टिमलाई समारोहका विशिष्ट अतिथि सुरुङ्गा नगरपालिकाका पुर्व मेयर मुक्तिनाथ चौधरीले कप, प्रमाणपत्र र नगद पुरस्कार ५१ हजार १५१ रुपैया हस्तान्तरण गर्नु भएको थियो। प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका खिलाडीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो।  प्रतियोगितामा पर्सा ,सिन्धुली ,उदयपुर ,मोरंग  ,सिरहा ,महोतरी,धनुषा संगै आयोजक स्पोर्ट्स एकेडमी कुशहा सप्तरी फुटबल क्लव सहित आठ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि तथा रडियो सरगम ९३ मेगाहर्ज रहेका थिए। 

अपोलो स्कुलले उपाधि जित्यो : लहान
पौष २०, २०८१ | फिरोज शेख
फाइनल खेलमा आज अपोलो र ललकु
पौष २०, २०८१ | फिरोज शेख
फाइनलमा अपोलो र ललकु भिडने
पौष १६, २०८१ | फिरोज शेख
अपोलो ओम र बेबी एन्जल स्कूल
पौष १५, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.