शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको आँखा अस्पताल ४१ वर्षमा प्रवेश
माघ २९, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० माघ २९ - 
लहान नगरपालिका वडा न.३ मा अवस्थित सगरमाथा चौधरी आँखा अस्पताल ४१ औँ वर्षमा प्रवेश गरेको छ। आइतबार एक कार्यक्रमका बीच अस्पताले ४१ औँ वार्षिकोत्सव मनाएका छन्। रविन्द्रलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रि बिरेन्द्र सिंह रहनु भएको थियो। अस्पताल स्थापना भएदेखि अहिलेसम्म ७७ लाख ६९ हजार ११० बिरामीको उपचार गर्न सफल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सञ्जय सिंहले जानकारी दिनुभयो। मेडिकल सुपरिटेन्डेन्ट सञ्जय सिंहले प्रस्तुत गरेका तथ्यांकमा ३१ लाख ८३ हजार २१ आँखाका बिरामीको शल्यक्रिया गर्न अस्पताल सफल भएको छ। सन् १९८३ मा उपचार सुरु गरेको वर्षमा १७ हजार २४८ आँखाको बिरामी जाँच गरेको थियो भने एक हजार ६३१ आँखाका बिरामीहरूको शल्यक्रिया गरेको मेसु सिंहले बताए। उहाँका अनुसार कोरोना सङ्क्रमण कालमा बिरामीको कम भएको थियो। कोरोना नियन्त्रण भएपछि सन् २०२२ मा सबैभन्दा बढी छ लाख ६७ हजार बिरामीले उपचार गराएका छन्। ६३ हजार २२३ आँखाका बिरामीको शल्यक्रिया गरिएको थियो। सन् २०२३ मा आँखा अस्पताल तथा यस अन्तर्गत रहेका आँखा तथा कान उपचार केन्द्र समुदाय स्तरमा शिविर, विद्यालय जाँच तथा घरदैलो बिरामीका आँखा तथा कान जाँच सञ्चालन गरी पाँच लाख ७७ हजार ३९६ बिरामीको उपचार र ६२ हजार ५७७ बिरामीको शल्यक्रिया गरिएको छ।

सन् २०२३ मा समुदाय स्तरमा ९६ वटा आँखा शिविर सञ्चालन गरेर २५ हजार ०६४ बिरामीको आँखा परीक्षण गरेर पाँच हजार ६४० बिरामीको निःशुल्क आँखाको शल्यक्रिया गरिएको अस्पतालका मेसु सञ्जय सिंहले जानकारी दिनुभयो। सप्तरी जिल्लामा विद्यालय आँखा परीक्षण कार्यक्रम अन्तर्गत १३५ वटा विद्यालयबाट २३ हजार ४२३ जना बालबालिकाको आँखा परीक्षण गरेको बताए। उहाँका अनुसार अस्पतालमा मात्रै आँखा बिरामीको जाँच तथा उपचार ३४ लाख २२५ र कानको शल्यक्रिया चार हजार ६१० जना बिरामीको गर्न सफल भएका छौ। सगरमाथा चौधरी आँखा अस्पतालले लहानको पहिचान अन्तर्राष्ट्रिय जगतमा समेत विस्तार गरेको मंच आसिन वक्ताहरुले बताएका छन्। अस्पतालको चर्चासँगै स्वास्थ्य पर्यटकीय स्थलको रूपमा समेत विस्तार भइरहेको तर्क वक्ताहरुको थियो।   

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.