शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
स्कुल अफ स्कलर्सको अतिरिक्त क्रियाकलाप प्रदर्शनी सम्पन्न
फाल्गुन १, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० फागुन १ - 
सिरहाको लहानमा अवस्थित ‘स्कुल अफ स्कलर्स’ ( SOS )  स्कुल द्वारा आयोजित विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले संचालित अतिरिक्त क्रियाकलाप प्रदर्शनी प्रतियोगिता ‘एसओएस विन्टर इभेन्ट-२०८०’  सम्पन्न भएको छ। माघ २४ गते बाट शुरु भएको ‘एसओएस विन्टर इभेन्ट-२०८०’  माघ २९ गते सम्म चलेको थियो। यस प्रतियोगितामा विद्यार्थीहरुले ३० भन्दा बढी विभिन्न फरक -फरक विधाका खेलकुद ,विज्ञान ,गणित ,कला,वाद्यवादन, नृत्यकला, नाटक, वक्तृत्वकला, हाजिरीजवाफ, हिज्जे, खेलकुद प्रतियोगिता, साहित्यिक गतिविधि, कविता र निबन्ध लगायतका क्रियाकलापहरुको प्रदर्शनी गरेको सञ्चालक समितिका अध्यक्ष तथा निर्देशक सुदिपराज कुशवाहाले जानकारी दिए। निर्देशक कुशवाहाका अनुसार सोमबार समापन कार्यक्रमा विभिन्न विधामा विजेता भएका विधार्थीहरुलाई जिल्ला उधोग वाणिज्य संघ सिराहा लहानका अध्यक्ष विकास सारडाको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैताको विशिष्ट आतिथ्यतामा  विधार्थीहरुलाई पुरस्कृत गरिएको छ। करोडौंको निजि लगानीमा सुविधा सम्पन्न आधुनिक प्रविधिले भरिपूर्ण ‘स्कुल अफ स्कलर्स’ विशेष अनुभवी, दक्ष जनशक्तिहरूद्वारा शिक्षण सिकाइ गराइरहेको हुँदा स्थापना भएको कम समयमा नै हरेक विधामा नाम कमाउन सफल भएका छन्। वर्तमान अवस्थामा यस विद्यालयमा कक्षा एक देखि कक्षा दश सम्म सात सय भन्दा बढी विधार्थीहरु अध्यनरत छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.