फिरोज शेख लहान २०८० फागुन २६ -
लहान नगरपालिका वडा नम्वर ३ होस्पितल चौकमा अत्याधुनिक सेवासहित ‘लहान मेट्रो हेल्थकेयर सेन्टर र लहान डेन्टल क्लिनिक’ संचालनमा आएको छ।शनिबार औपचारिक उद्घाटन गर्दै लहान मेट्रो हेल्थकेयर सेन्टर र लहान डेन्टल क्लिनिकले आफ्नो सेवा सुरु गरेको हो ।लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा गरिएको उक्त उद्घाटन कार्यक्रममा लहान ३ का वडा अध्यक्ष राम दयाल महतो, रेडक्रस सोसाइटी उपशाखा लहानका सभापति फुलेश्वर महतो, लहान नगरपालिकाका कानुनि सल्लाहकार शन्तोष सुबेदी ,समाजसेवी झमेलि महतो,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख,संचारकर्मी मनोज यादव लगायत विभिन्न पार्टीका जनप्रतिनिधि, स्वास्थ्यकर्मी ,स्थानिय राजनीतिकर्मी, समाजसेवी, स्थानिय व्यक्ति लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
मेयर चौधरीले उक्त हेल्थ केयरको उद्घाटन गर्दै नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै गुणस्तरीय सेवामा ध्यान दिन आग्रह गर्नुभयो। मेयर चौधरीले लहान मेट्रो हेल्थकेयर सेन्टर र लहान डेन्टल क्लिनिकले लहानको स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याउने विश्वाश व्यक्त गर्दै जेनरल फिजिसियन डा.सुनिल सिंह र डेनटिष्ट डा. मनिषा मेहतालाई यस क्षेत्रका जनतालाई सरल र शुलभ दररेटमा उत्कृष्ट स्वास्थ्य सेवा दिनहुन आग्रह गर्दै शुभकामना समेत व्यक्त गरेका थिए। लहान मेट्रो हेल्थकेयर सेन्टर र लहान डेन्टल क्लिनिकका सेवाहरुमा ओ पी डी, दन्त चिकत्सा ,अल्ट्रा साउण्ड,डिजिटल एक्स रे, भिडियो एक्स रे ,इसिजी,प्याथोलोजी ल्याब , महिला तथा यौनरोग सेवा,२४ सै घण्टा इमर्जेन्सी लागायत स्वास्थ्य क्षेत्रका विभिन्न सेवाहरुमा उपचार उपलब्ध हुने संचालक जेनरल फिजिसियन डा.सुनिल सिंहले जानकारी दिए।