शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मुस्लिम समुदायद्वारा कारवाहीको माग
बैशाख ४, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ बैशाख ४ - 
मुस्लिम समुदायले आफ्ना धर्मगुरु एवं इस्लाम धमावलम्बीका प्रर्वतक पैगम्बर मोहम्मविरुद्ध भ्रामक एवं कपोकल्पित प्रचार गर्ने माथी कारवारहीको माग गरेको छ । सोमबार मुस्लिम समुदायले कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई ज्ञापन पत्र बुझाएका छन् ।सिरहा मुस्लिम समाज तथा मुस्लिम समुदायका अगुवाहरुको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी दाहाललाई ज्ञापन पत्र बुझाइएका हुन् ।गृह मन्त्रालयलाई बोद्यार्थ समेत दिएको ज्ञापन पत्रमा कमल नारायण दास भन्ने ब्यक्तीले केही दिन यता मुस्लिम धर्मावलम्बीहरुका प्रर्वतक पैगम्बर मोहम्मदका बारेमा समाजिक सञ्जाल मार्फत भ्रामक र कपोकल्पित कुराहरु राखेर अपमानित र अनादर गरिरहेको उल्लेख गरिएको छ । धर्मगूरुलाई अपमानित हुने गरी गलत प्रचारवाजीले धार्मिक संहिष्णुता एवं सामाजिक सद्भावमा खलल् पुग्ने भन्दै ज्ञापनपत्रमार्फत समाजमा अशान्ति फैलाउने र आपसी सदभाव विगार्ने कार्यमा लागेका दासलाई तत्काल नियन्त्रण्मा लिई कडा कारवाही गर्न माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ दहालले यस्ता गतिबीधी रोक्न आफुले पहल गर्ने प्रतिबद्धता जनाएको सिरहा मुस्लिम समाजले जनाएको छ। समाजका अगुवाहरुले सिरहा जिल्लाको बिभिन्न स्थानमा बिरोध प्रदर्शन समेत गरेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.