शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सि.जि.हिरो एक्कासी मालामाल अफर अन्तर्गत पाँच लाख क्यास व्याकका बिजेता

4 Views

कार्तिक १४, २०८१ | फिरोज शेख

सिरहा २०८१ कार्तिक १४ - 
सि.जी. हिरोको दशैं-तिहार “एक्कासी मालामाल अफर“ अन्तर्गत लहानका राम किशुन यादवले पाँच लाख रुपैयाँ नगद क्यास ब्याक पाउनु भएको छ।  ति भाग्यशाली बिजेता हुनुहुन्छ महदेवा पोर्ताहा–३, सिरहा बस्ने श्री राम किशुन यादव,उहाँले  हिरोको लोकप्रिय मोडल स्पलेण्डर प्लस मोडल , सिटी ट्रेड कन्सर्न, लहान सोरुमबाट खरिद गर्नुभएको थियो।

सि.जी. हिरोले दशैं-तिहार २०८१ को अवसरमा “दुई चक्के किन्दा चार चक्के उपहार“ अफर सार्वजनिक गरेको छ। अफर अनुसार हिरो ब्रान्डका जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर्दा स्क्र्याच कार्ड मार्फत नगद ५ लाखसम्म जित्न सकिन्छ भने बम्पर उपहारमा एउटा नेटा भी ईभी कारसमेत जित्ने अवसर रहेको छ।

नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ । सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ६० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ । साथै, निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । बढ्दो ग्राहकहरूको सङ्ख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ ।

त्यस्तै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टीको घोषणाले ग्राहकको थप विश्वास जित्नेछ ।लोकप्रिय उत्पादन सुपर स्प्लेण्डर, स्पलेण्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम १ सय १० स्कुटर बिएस सिक्स एसआई सिजि मोटर्सले नेपालमा भित्र्याएको छ । साथै, सो उत्पादनमा यूनिक फिचर समेत रहेको कम्पनीले जनाएको छ। 

लायन्स क्लव अफ लहान फूलबारीको होलि
फाल्गुन २५, २०८१ | फिरोज शेख
सोमबार सम्पन्न क्रिकेट खेलमा लहान ८
फाल्गुन १३, २०८१ | फिरोज शेख
आइतबार सम्पन्न पहिलो क्रिकेट खेलमा लहान
फाल्गुन ११, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.