शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको लहानमा २१ दिने नि:शुल्क हाड,जोर्नी तथा नशा रोग सम्बन्धि
मंसिर ५, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ मङ्सिर ५ - 
सिरहाको लहान ३ मा अवस्थित कला -धनराज हेल्थ होममा २१ दिने नि:शुल्क हाड,जोर्नी तथा नशा रोग सम्बन्धि शिविर बुधबार बाट संचालनमा आएको छ। यस शिविरमा मणिपाल अस्पताल तथा कोलम्बिया एशिया रिफेरल अस्पताल बेंगलोर बाट विशेष अनुभव प्राप्त र जिनिस होस्पिटलका प्रमुख भौतिक चिकित्सक ,मधेश प्रदेशकै भौतिक चिकित्साका पहिलो पी.एच.डी.स्कोलर बन्न सफल वरिष्ठ हाड,जोर्नी तथा नशा चिकित्साको सहायक प्रोफेसर डा.भरत कुमार शर्मा,धनराजकला अर्थो-न्युरो हेल्थ होम प्रालि.राजबिराजका वरिष्ठ भौतिक चिकित्सक डा.गणेश कुमार शर्मा,धनराजकला अर्थो-न्युरो हेल्थ होम लहान -३ को एक्युपन्चर विशेषज्ञ श्रीमती आरती शर्मा द्वारा निशुल्क परामर्श सेवा यहि मिति २०८१ मङ्सिर ५ गते देखि मङ्सिर २१ गते सम्म दिइरहेको आयोजकले जनाएका छन्।

शिविरमा प्यारालाइसिस ( लकवा),नशा च्यापिएको ,गठिया,बातरस,युरिक एसिड बढेको ,सईटिका,गठिया ,हह्ड्डी खिइएको,हात खुट्टा पोल्ने ,झमझमाउने ,रुमाटोइड अर्थराइटिस ,ढाड,कम्मर ,घाटी ,घुडा दुख्ने ,शरीर सन्तुलनमा नरहने ,सिपि चाइल्ड ,ब्रेन ह्म्रेज ,प्लास्टर खोलेपछिको उपचार ,नयाँ तथा पुरानो सबै प्रकारका दुखाई सम्बन्धि रोगहरुको उपचार गरिरहेको डा.भरत कुमार शर्माले जानकारी दिए।

डा. शर्माका अनुसार शिविरमा ओपिडी सेवा नि :शुल्क गरिनुका साथै उपचार गर्नुपर्ने बिरामीहरुलाई २५% छुट संगै ल्याब तथा एक्सरेमा १०% छुट र उपलब्ध औषधि नि:शुल्क वितरण भइरहेको जनाएका छन्। लहान -३ होस्पिटल चौक ठाडी जाने बाटोको उतर पट्टि अवस्थित कला -धनराज हेल्थ होममा शिविरको पहिलो दिन ५३ जना सेवाग्राहीहरुले स्वास्थ्य लाभ लिएको डा. शर्माले जानकारी दिएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.