शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समाजसेवी नेता देव नारायण साहलाई मात्रृ शोक
मंसिर २७, २०८१ | सरगम खबर समाचारदाता

लाल बिहारी यादव लहान २७ मङ्सिर २०८१ - 
सिरहाको तत्कालिन गा.वि.स.भू.पू.अध्यक्ष देव नारायण शाहलाई मात्रृ शोक लागेको छ। सिरहाको साबिक गाबिस सीतापुर (प्र.ध.) वडा नं ७ हाल लक्ष्मीपुर पतारी  गाउँपालिका वडा नं ६ निवासी साहको ममतामयी आमा कपिलेस्वरी देवी साह हिजो २०८१/०८/२६ गते बिहान ८.४२ बजे ९३ बर्षको उमेरमा स्वर्गबास हुनु भएको हो।सिरहा नेकपा जिल्ला कमिटि सदस्य तथा लक्ष्मीपुर पतारी गापाका  प्रत्यासी गापाअध्य उम्मेदवार साहले सामाजिक संजाल फेसबुक मार्फत मृतक आमाकी अत्माको शान्तिका लागि उपस्थिति भैई दिनु हुन सम्पुर्ण ईस्ट मित्रहरूमा हार्दिक अनुरोध गर्नुका साथै वहाँको पार्थिव शरीरको दाह संस्कार आज २०८१/०८/२७ गते बिहान ८.१५ बजे हुने भएको हुँदा उक्त समय र मितिमा सम्पुर्ण ईष्ट मित्रहरुलाई उपस्थितिको लागि समेत हार्दिक अनुरोध गर्नुभएको छ ।

स्वर्गीय कपलेश्वरी देवीका तीन छोराहरु शिबु साह,देव नारायण साह र राम रतन साह मध्ये नेता साह माहिलो छोरा हुन्।आफू खेती किसानी,घरेलु तेल व्यापार र गृहिनी पेशामा अधिकांश जीवन बिताएकी स्वर्गीय साहका तीनै छोरापट्टीका तीन नातीहरुमध्ये शिबुसाहको २ छोरा दिपेन्द्र र सुरेन्द्र मध्ये दिपेन्द्र एरोटिक इन्जिनियर हुन् भने नेता देव नारायण साह पट्टिका दुई नाति संतोष र सज्जन मध्ये संतोष सिभिल इन्जिनीयर हुन्।त्यस्तै वहाँकी कान्छो छोरा राम रतन साहको पनि एक छोरा इन्जिनियर हुन्।स्वर्गीय साहकी श्रीमान् जिलेबी साहको करिब ३२ बर्ष पहिले निधन भइसकेकोले तीनै छोराहरुको सहारामा ३ दशक भन्दा लामो विधवा जीवन सुखीपूर्वक विताइन्।उनी केहि बर्षदेखि प्यारालाइसिस पिडित भई विराट नगरका कोशी अंचल अस्पताल लगायतमा उपचाररत थिइन्।वहाँकी समाजमा असल गुणगान छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.