शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
इन्टर स्कुल टि -२० क्रिकेट लिग प्रतियोगिता शुरु
मंसिर २९, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ मङ्सिर २९ - 
लहान क्रिकेट क्लबद्वारा आयोजित रोयल सफ्टेक कलेज इन्टर स्कुल टि -२० क्रिकेट लिग प्रतियोगिता (सिजन वन ) शुरु भएको छ। लहान क्रिकेट क्लबले एक कार्यक्रमको आयोजना गरि नगरप्रमुख महेश प्रसाद चौधरी , विशिष्ट अतिथि डा. महादेव साह,जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास सारडा लगायतको उपस्तिथिमा प्रतियोगिताको समुद्घाटन गरेका छन्। प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न  पहिलो खेलमा बेबी एन्जल स्कुलले लिट्टिल स्टार स्कुललाई पराजित गर्दै ६ विकेटले विजय भएका छन्।  लिट्टिल स्टारले पहिला ब्याटिंग गर्दै ९ विकेटको  क्षतिमा १०३ रन बनाएका थिए। जवाफी ब्याटिंग गर्दै १३ ओभर ३ बलमा ४ विकेटको क्षतिमा १०५ रन बनाउदै विजय भएका हुन्। प्रतियोगिता अन्तर्गत भोलि आइतबार विहान ९ बजे लहान मनकामना स्कुल र शारदा नमुना स्कुल र दिउँसो १ बजे देखि नाइटिंगेल स्कुल र शल्हेश फुलवारी स्कुल बीच प्रतिस्पर्दा हुने क्लवका उपाध्यक्ष कैलाश चौधरीले जानकारी दिए।

प्रतियोगितामा सहभागी निजी तथा सामुदायिक विद्यालयका २४ वटा टीमलाई गोलाप्रथा मार्फत "ए" ग्रुप देखि "एच" ग्रुप सम्म राखेका छन्।प्रत्येक ग्रुपमा ३/३ वटा टिम सहभागी गराएका छन्। प्रतियोगिताको सम्पूर्ण म्याच लहान १० स्थित जे एस मुरारका बहुमुखी क्याम्पस लहानको अगाडी ट्रायल सेन्टरको छेउमा अवास्तिथ खेल मैदानमा संचालन हुनेछ। प्रतियोगिता अन्तर्गत प्रतेक दिन २ वटा म्याच हुने छ। कार्यक्रमको अध्यक्षता लहान क्रिकेट क्लबका उपाध्यक्ष चौधरीले गरेका थिए। कार्यक्रमा लहान क्रिकेट क्लबका पदाधिकारी लगायत सहभागी निजी तथा सामुदायिक विद्यालयका शिक्षक,प्रतिनिधि संगै खिलाडी विधार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो। प्रतियोगिताको टाइटल स्पोन्सर रोयल सफ्टेक कलेज लहान रहेका छन्। भने मिडिया पार्टनर रेडियो सरगम ९३ मेगाहर्ज लहान ,प्रिन्टिंग पार्टनर अम्बिका अफसेट प्रेस लहान , फुड पार्टनर महाराजा रेस्टुरेन्ट & बार रहेका छन्। कार्यक्रम संचालन क्लबका सदस्य बसन्त साह  गरेका थिए।

अपोलो स्कुलले उपाधि जित्यो : लहान
पौष २०, २०८१ | फिरोज शेख
फाइनल खेलमा आज अपोलो र ललकु
पौष २०, २०८१ | फिरोज शेख
फाइनलमा अपोलो र ललकु भिडने
पौष १६, २०८१ | फिरोज शेख
अपोलो ओम र बेबी एन्जल स्कूल
पौष १५, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.