शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जनकपुरले एनपीएल उपाधि जितेपछि मधेस प्रदेशमा हर्षोल्लास

6 Views

पौष ७, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ पुष ७   - 
नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सले जितेपछि मधेसमा हर्षोल्लास देखिएको छ।मधेस आन्दोलनका उर्वरभूमि लहान लागायत प्रदेशको राजधानी जनकपुरधाम संगै मधेसका विभिन्न सहरमा समर्थकहरूले मैनबत्ती प्रज्वलन, नाचगान र आतिसबाजी गरेका छन्। सडक, चोक र गल्लीमा भेला भएर खुसी साटासाट गरेका छन्। सिरहाको लहानमा स्वतन्त्र युवाहरुले शुभकामना साटासाट गर्दै शहिद चौकमा मैनबत्ती प्रज्वलन गरि खुसियाली मनाएका छन्। स्वतन्त्र युवा दुर्गा प्रसाद मेहताको अगुवाइमा भएको उक्त कार्यक्रमा लहान क्रिकेट क्लवका पदाधिकारी , खिलाडी, लहानका क्रिकेट प्रेमी युवाहरू,संचारकर्मी ,स्थानीयवासी लगायतको बाक्लो उपस्तिथी रहेको थियो। त्यस्तै जनकपुर बोल्टस् जितेपछि उज्ज्वल क्षेत्रीकाे नेतृत्वमा लहान नगरपालिका-१३ मा रंगोली सहित दिपावली मनाएका छन्।

यसैबीच प्रदेशको राजधानी जनकपुरधाममा विजय जुलुस निकाल्नुका साथै जानकी मन्दिरमा दिप प्रज्वलन गरिएको छ। शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो। योसँगै समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको पनि जनकपुर बदला लिन सफल भएको छ। लिग चरणमा जनकपुर ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले सुदूरपश्चिमसँगको खेल गुमाएको थियो।
 

लायन्स क्लव अफ लहान फूलबारीको होलि
फाल्गुन २५, २०८१ | फिरोज शेख
सोमबार सम्पन्न क्रिकेट खेलमा लहान ८
फाल्गुन १३, २०८१ | फिरोज शेख
आइतबार सम्पन्न पहिलो क्रिकेट खेलमा लहान
फाल्गुन ११, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.