7 Views
फिरोज शेख , लहान २०८१ माघ ८ -
आईतवार सिरहाको लहानमा दुर्घटनामा परि घाईते भएका उदयपुर त्रियुगा नगरपालिका-६ का ४० वर्षीय किरण थापाको उपचारको क्रममा मृत्युु भएको छ । आईतवार उपचारको क्रममा किरणको मृत्यु भएको हो । किरणको श्रीमति सुधा घिमिरे थापा र ११ बर्षिय छोरीको उपचार भइरहेको छ।पूर्वपश्चिम हाईवेअन्तर्गत लहान नगरपालिका-१३ मा सडक दुर्घटनामा परि तिनै जना घाइते भएका थिए। घाइतेहरूको लहानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो। प्रहरीका अनुसार तीनैजना बा १८ प ८३२५ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ आइरहेका थिए । विपरीत दिशबाट प्र२-०१-००१प ७९ नम्बरको संकल्प विद्या आश्रमका स्कुल बसले ठक्कर दिँदा दुर्घटना भएको हो। बसका सवारी चालक दिपेश कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा राखेका छन् । मृतक थापा सिरहाको मिर्चैया नगरपालिकामा अवस्थित स्वस्तिक पाठशाला स्कुलमा लेखापालको रुपमा काम गर्दै आइरहेका थिए। घर फर्किने क्रममा दुर्घटना भएको थियो।