शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कतार भ्रमणमा रहेका मेयर चौधरीलाई सञ्चारकर्मी यादवद्वारा स्वागत तथा सम्मान

5 Views

माघ १९, २०८१ | सरगम खबर समाचारदाता

सियाराम यादव,कतार माघ १९ - 
कतार भ्रमणका क्रममा रहेका लहान नगरपालिकाका मेयर महेश चौधरी र वडा नं. १९ का अध्यक्ष कमरुदीन राइनलाई  विशेष सम्मान गरिएको छ। रेडियो सरगम ९३ मेगाहर्ज लहानका संचारकर्मी तथा कतार संवाददाता शियाराम यादवको आयोजनामा कतारको प्लाजा मलस्थित लालिगुराँस रेस्टुरेन्टमा स्वागत तथा सम्मान गरि अनौपचारिक कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बलासुन्दारी खबरका सञ्चालक तथा पत्रकार राम एक्वाल राम, विभिन्न नेपाली संघ-संस्थाका अगुवा, सामाजिक अभियन्ता तथा कतारमा कार्यरत नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्मान कार्यक्रमका अवसरमा मेयर महेश चौधरीले नेपालको राजनीति, लहान नगरपालिकाको समग्र विकास, सिरहा जिल्लाका भौतिक पूर्वाधार तथा प्रवासी नेपाली श्रमिकहरूका समस्याहरूका बारेमा महत्वपूर्ण धारणा राखे। उनले सिरहा जिल्ला तथा लहान नगरपालिकाबाट रोजगारको सिलसिलामा कतार आनुभएका नेपाली श्रमिकहरूसँग नियमित समन्वय गर्ने प्रतिबद्धता जनाउँदै, कुनै पनि समस्या परेमा नगरपालिकाले सक्दो सहयोग गर्ने विश्वास दिलाए। कार्यक्रममा सहभागी संघसंस्थाका प्रतिनिधिहरूले प्रवासी नेपाली समुदायको हकहित संरक्षण तथा नेपालका स्थानीय तहहरूसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए।कार्यक्रमको अन्त्यमा अतिथिहरूले नेपालका आर्थिक, सामाजिक तथा रोजगारीसँग सम्बन्धित विषयमा छलफल गर्दै प्रवासी नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहने प्रतिबद्धता जनाएका थिए।

नेपाली समाज कतार प्रवासीहरुका लागि महत्वपूर्ण
फाल्गुन ९, २०८१ | सरगम खबर समाचारदाता
कतार भ्रमणमा रहेका मेयर चौधरीलाई सञ्चारकर्मी
माघ १९, २०८१ | सरगम खबर समाचारदाता
कतारमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
कार्तिक २४, २०८१ | सरगम खबर समाचारदाता
गैर आवासिय मधेशी संघ कतार द्वारा
जेठ १७, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.