शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान अस्पतालमा पेन प्लस क्लिनिकको समुद्घाटन कार्यक्रम सम्पन्न

5 Views

फाल्गुन १, २०८१ | फिरोज शेख

फिरोज शेख,लहान २०८१ फागुन १ - 
लहानको राम कुमार उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालमा बुधबार पेन प्लस क्लिनिकको समुद्घाटन सम्पन्न भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नेतृत्व, युनिसेफ र काठमाडौं ईन्स्टिच्युट अफ चाईल्ड हेल्थको साझेदारीमा क्लिनिक सुरु भएको हाे। यस कार्यक्रममा अस्पतालका अध्यक्ष अत्रुधन मण्डलले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथि लहान नगर प्रमुख महेश प्रसाद चौधरी रहनुभएको थियो।कार्यक्रममा विशिष्ट अतिथि काठमाडौं ईन्स्टिच्युट अफ चाईल्ड हेल्थका प्रमुख बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला, बालरोग बिशेषज्ञ  डा. जामुन सिंह, र नेपाल पत्रकार महासंघ सिरहा सभापति मनोज बनैताको समेत उपस्थिति रहेको थियो। यस क्लिनिकले दुर्लभ तथा दीर्घकालीन रोगहरूको उपचारमा सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो क्लिनिकले स्थानीय तथा प्रादेशिक स्तरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्य लिएको छ। सहभागीहरूबाट यस क्लिनिकको भूमिकाबारे सकारात्मक धारणा व्यक्त गरिएको थियो। यो क्लिनिक अन्तर्गत उपचार हुने १० वटा नसर्ने रोगहरुमा सिकलसेल एनिमिया (Sickle Cell Anemia),सिकलसेल एनिमिया (Sickle Cell Anemia),थालसेमिया (Thalassemia),ह्यामोफिलिया (Hemophilia),रुमेटिक हृदय रोग (Rheumatic Heart Disease),गम्भीर मुटु रोग (Severe Cardiovascular Diseases),मृगौलासम्बन्धी पुराना रोगहरू (Chronic Kidney Diseases),डायबेटिक जटिलताहरू (Complications from Diabetes),मृगौला फेल हुने रोगहरू (End-Stage Renal Diseases),गम्भीर मानसिक स्वास्थ्य समस्या (Severe Mental Health Disorders) र अन्य दुर्लभ दीर्घकालीन रोगहरू (Other Rare and Chronic Conditions) रहेका छन्। कार्यक्रममा स्वागत मन्तव्य अस्पतालका मेसु बृजेन्द्र साहले राख्नु भएको थियो | यस क्लिनिकमा बालरोग बिशेषज्ञ  डा.अभय यादवको टिमले गम्भीर प्रकृतिका बिरामीलाई नि:शुल्क सेवा प्रदान गर्ने जनाइएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.