शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
म्याद गुज्रेको पाउरोटी सिरहाबजारमा बिक्री हुदै
फाल्गुन १८, २०७३ | सरगम खबर समाचारदाता

शुभ नारायण कामति , सिरहा फागुन १८ - 
म्याद गुज्रेको पाउरोटी सिरहा लगायतका बजारमा बिक्री भै रहेको पाइएको छ । सिरहाको लहान स्थित सगरमाथा बेक्री एण्ड फुड प्रेडक्टस द्धारा उत्पादित म्याद गुज्रेको सगरमाथा पाउरोटी सिरहाको एक पसलमा भेटीएको उपभोक्ता अमर यादवले बताएका छन् । यादवले सिरहाको एच.पी. पोलि क्लिनिक लगाडीको एक पसलबाट मंगलबार साँझ किनेको पाउरोटी म्याद गुज्रेको रहेको बताए । सगरमाथा बेक्री एण्ड फुड प्रेडक्टसले १८ फरबरी अर्थात फाल्गुन ७ गतेको मितिमा उत्पादन गरेको सगरमाथा पाउरोटी २२ फरबरी अर्थात फाल्गुन ११ गते सम्म खान सक्ने गरी स्टीकर राँखेका छन् तर मंगलबार १७ गते पसलमा किन्न जाँदा पसलेले उक्त म्याद गुज्रेको पाउरोटी आफुलाई दिएको बताए । यता प्रोडटसका प्रमुख काशिन्दर यादवले म्याद गुज्रेको पाउरोटी आफुहरुले पसलेबाट फिर्ता लिने गरेको वताउदै समाचार नलेख्न आग्रह गरेका थिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.