शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ब्रेकिङ्ग - प्रहरीको गोलीबाट सप्तरीमा अहिले सम्म ७ जनाको मृत्यु
फाल्गुन २३, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, २३ फागुन । 
नेकपा एमालेले आयोजना गरेको मेची महाकाली राष्ट्रिय अभियान विरुद्ध प्रदर्शन गर्ने क्रममा सोमवार साँझ प्रहरीको गोलीबाट सप्तरीमा चार जनाको मृत्यु भएको छ ।प्रहरीको गोलीबाट सप्तरीको मलेठ गाबिस वडा नम्वर–२ का अन्दाजी २५(२६ वर्षीय रंजन मेहताको घटनास्लमै मृत्यु भएको हो । टाउकोमा गोली लागेका मेहताको तत्कालै घटनास्थलमै मृत्यु भएको छ । एमाले अध्यक्ष केपी शर्माले ओलीले अभियानको सम्बोधन गरिरहेको अवस्थामा मोर्चाका कार्यकर्ताले औद्योगिक क्षेत्र बाहिर प्रदर्शन गर्ने क्रममा प्रहरीले सयौं राउण्ड अश्रु ग्यास तथा गोली फायर गरेका छन् ।

 त्यस्तै प्रहरीको गोलीबाट गम्भिर घाईते भएका डिमन गाबिस बनौली निवासी जिल्ला वार एशोशिएशनका दिगम्बर यादव ,मलेठ ४ का पिताम्बर मण्डल ,  प्रसवनी ७ का स्वास्थ्यकर्मी आनन्द साह ,अजय साह, अवधेश ठाकुर र संजय मेहताको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको मोर्चाको दाबी रहेको छ ।प्रहरीको गोलीबाट करिब दुई दर्जन भन्दा प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुमध्ये आधा दर्जनको अवस्था चिन्ताजनक रहेको छ । गम्भीर घाइते भएकाहरुलाई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ ।यसैबिच मधेशी मोर्चा सप्तरीले मंगलबारदेखि सप्तरीका सम्पुर्ण सरकारी कार्यालय ,यातायात ,बजार ,उद्योगधन्दा ,शैक्षिक संघ संस्थाहरु समेत बन्द गर्ने निर्णय गरेको छ । मोर्चाका प्रवक्ता अमरनाथ मण्डलले दिएको जानकारी अनुसार नेकपा एमालेको मेची महाकाली रथ यात्राको क्रममा प्रहरीको गोलीबाट मृत्यु भएको विषयलाई लिएर मोर्चाले तत्कालको लागि सो घटनाको विरोधमा मंगलबार देखि बन्दको घोषणा गरिएको हो । 

यसैबिच एमाले अध्यक्ष केपी ओलीको मेची महाकाली भ्रमणको क्रममा सप्तरीमा भएको चार जनाको हत्याको विरोधमा विभिन्न संघ संस्थाहरुले घोर भत्सर्ना गरेको छ । गैसस महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले एक विज्ञप्ती प्रकाशन गरी शान्तिपुर्ण आन्दोलनको क्रममा प्रहरीले चलाएको गोलीबाट मृत्यु भएको घटनाको घोर भत्सर्ना गरेको छ । साथै मृतक आत्माप्रति चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारलाई धैर्यधारण गर्न छिन्नमस्ता भगवतिले शक्ति प्रदान गरौस भन्ने कामना समेत गरिएको छ । साथै जारी विज्ञप्तीमा परिस्थीतीलाई मध्यनजर गरी थप हुन सक्ने अप्रिय घटना रोक्नलाई भएपनि एमाले आफ्नो अभियान रोक्नुको सटा जानी जानी दुर्घटना न निम्त्याई नागरीकको सुरक्षा दिनुका साथै उक्त घटनाको भत्सर्ना गर्दै सो घटनाको उचित छानबीन हुनुपर्ने तथा दोषीमाथि आवश्य कानुनी कार्बाही हुनुपर्ने माँग समेत गरिएको छ ।

यसैबिच प्रहरीको गोलीबाट मोर्चा निकट सदभावना पार्टीका भिमराज यादव ,राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष सतिश कुमार सिंह ,सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव ,सुरेन्द्र साह ,निरज यादव सहितकाहरु घाईते भएका छन । जसमध्ये करिब एक दर्जन भन्दा बढी घाईतेको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईते भएकाहरुको तत्काल गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजमा उपचार हुन नसकेपछि थप उपचारको लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरमा थप उपचारको पठाईएको छ । त्यस्तै प्रहरीकै गोलीबाट समान्य घाईते भएका डेढ दर्जन प्रदर्शनकारीहरुको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको छ । प्रहरीको गोलीबाट घाईते भएकाहरुलाई हेर्न तथा घटनाको बारेमा बुझन हजारौं प्रदर्शनकारी तथा सर्वसाधारणहरुको सोमबार अवेर रात्तिसम्म ठुलो संख्यामा भिड लागेको थियो ।यस्तै प्रदर्शनको क्रममा मोर्चा निकट सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी ,बिद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसी र संजय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

यसैबिच आन्दोलनकारीहरुले दुई मोटरसाईकलमा आगजनी समेत गरेको छ । प्रदर्शनकारीहरुले स.४ प ६०५२ नम्बरको मोटरसाईकल र अर्को नम्बर नखुलेको स्कृटि रहेको प्रहरीले जनाएको छ । 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.