शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा २ ट्रकमा आगजानी , दर्जन गाडी तोडफोड , मंगलबार
फाल्गुन २३, २०७३ | फिरोज शेख

फिरोज शेख लहान २०७३  फागुन २३ – 
मोर्चाका कार्यकर्ताले सिरहाको लहान र गोलबजारमा २ वटा ट्रकमा आगजानी गर्नुको साथै दर्जन भन्दा बढी गाडीमा तोडफोड गरेको छ। सप्तरीमा प्रहरीको गोलीलागि मोर्चका कार्यकर्ताहरुको मृत्युभएको खवरले आक्रोसित बनेका हुन्।सिरहाको लहानमा पुर्व पश्चिम लोकमार्ग अन्तर्गत कुसवाहा चौकमा ना.४ ख २०७६ नम्बरको मालबाहक ट्रक र सिरहाको गोलबजार स्थित विआर ५१ ए ४०१३ नम्वरको भारतीय ट्रकमा मोर्चाका नेता तथा कार्यकर्ताले आगजनी गरेको  प्रहरीले जनाएको छ । आक्रोसित मोर्चाको भिडले लहान र गोलबजारमा दर्जन भन्दा बढी गाडीमा तोडफोड गरेका हुन् । मोर्चाका कार्यकर्ताहरुले सडकमा  टायर वालेर बाटो अवरुद्धपारी प्रदर्शन गरेका छन् । मोर्चाको पूर्व निर्धारित मशाल जुलुसमा सहभागी भएका मोर्चा कार्यकर्ताले बसमा तोडफोड गरी प्रदर्शन गरेका हुन् ।  

सडक अरुद्धका कारण लहान , गोलबजार , मिर्चैयामा सयौं गाडी रोकिएको थियो। प्रहरीले राति करिब १० बजे हवाई फायरिंग गर्दै सम्पूर्ण गाडी र यात्रु लाइ गन्तव्य सम्म पुर्याएका छन्। मोर्चाले मधेसी मोर्चा द्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ । साथै मोर्चाले आन्दोलनको घोषणा गरेको छ । सप्तरीको राजविराजमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएलगतै मधेसी मोर्चाको आकस्मिक बैठक बसेको थियो । संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । भोलि संसद सचिवालयमा लिखित रुपमा नै जानकारी गराउने मोर्चाको निर्णय भएको छ । मधेसी मोर्चाले सप्तरी घटनाको विरोधमा मंगलबार र बुधबार मधेसमा बन्द गर्ने निर्णय समेत गरेका छन्। यसै बीच एमालेको मेची महाकाली अभियान ३ दिनका लागि स्थगित गरिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.