शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एमाले पार्टी कार्यलयमा तोडफोड र आगजनी
फाल्गुन २४, २०७३ | फिरोज शेख

फिरोज शेख लहान २०७३ फागुन २४ - 
सिरहाको लहानमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताले मंगलबार करिब ११ बजे नेकपा एमालेको पार्टी कार्यलयमा तोडफोड गर्दै भौतिक सामग्री र रेकर्ड फाईलहरु मा आगजनी गरेका छन् । नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत सोमबार सप्तरीमा  प्रहरीले दमन गर्दै मधेशीहरुमाथि निर्मम तरिकाले टाउको , पेट र छातीमा गोलि हानि हत्या गरेको भन्दै आक्रोशित सैयौ मोर्चाका नेता तथा कार्यकर्ताले एमाले पार्टीको कार्यलयमा तोडफोड गर्दै सम्पूर्ण सामानहरु रोडमा ल्याई आगजनी गरेका छन्। सोहि क्रममा मोर्चाले आह्वान गरेको मंगलबार र बुधबार बन्दको कार्यलाई निरन्तरता दिन बजार बन्द गराउदै हिडेका करिब १३ जना मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई सडक विभाग अगाडी बाट बल प्रयोग गरि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आन्दोलनका अगुवा कृष्णा बहादुर यादव , मनोज कुमार यादव , उमेश कुमार महतो , रोशन यादव , बैधनाथ प्रशाद साह , राजु गुप्ता , सत्य नारायण यादव , दिनेश यादव , दिलिप कुमार यादव , विजय यादव , आलोक यादव , मोहमद गुलाब राइन र परियाग यादव रहेका छन् I इलाका प्रहरी कार्यलय लहानका डिएसपी हिरा बहादुर पाण्डेका अनुसार एमालेको पार्टी कार्यलयमा तोडफोड , आगजनी संगै उछ्लिंग गतिबिधि गर्ने युवाहरुलाई पक्राउ गरिएको जनाएका छन्। पक्राउ गर्ने क्रममा सामान्य बल प्रयोग गर्नु परेको बताउनुभयो । यसै बीच आज मधेशका सम्पूर्ण जिल्लाहरुमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले बिहानै देखि बजार बन्द गराउदै टायर बालि प्रदर्शन गरि रहेका छन् । 

यता मोर्चाले  ७ जनाको मृत्यु भएको दाबि गरे पनि सप्तरीको राजविराजमा भएको झडपमा तीन जनाको मात्र मृत्यु भएको पुष्टि भएको छ । मृत्यु भएको भनिएका दिगम्बर यादवको अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।अस्पतालका अनुसार उनको पिठ्यूमा गोली लागेको छ । उनको इमर्जेन्सीमा उपचार भइरहेको छ । सप्तरी झडपमा सुरक्षाकर्मीको गोली लागेर संजन मेहता, आनन्द साह र पिताम्बर लाल मण्डलको मृत्यु भएको अस्पतालल पुष्टि गरेको छ । अस्पतालका अनुसार सप्तरी घटनामा घाइते भएका १५ जनालाई भर्ना गरिएको थियो । आफ्ना कार्यकर्ताको हत्याको बिरोधमा मोर्चाले जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गरेका छन् । पाँच सयभन्दा बढीको सङ्ख्यामा रहेका आन्दोलनकारीहरुले गोली चलाउनेलाई कारबाही र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् ।

यता सप्तरीमा आन्दोलनकारीले मानवअधिकार आयोगको गाडीसमेत तोडफोड गरेका छन् । आफूहरुमाथि प्रहरीले दमन गरिरहँदा आयोगको टोली ओलीको भाषण सुन्न व्यस्त रहेको भन्दै उनीहरुले आयोगको जीप तोडफोड गरेका हुन् ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.