शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरी घटनामा थप एकको मृत्यु , सनिबार शवयात्रा
फाल्गुन २७, २०७३ | सरगम खबर समाचारदाता

सप्तरी 2073 फागुन २७ - 
सप्तरीमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका थप एक जनाको शुक्रवार उपचारको क्रममा मृत्यु भएको छ । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सप्तरीको जमुनी मधेपुरा गाविस वडा नम्वर–१ कटवी गाउँ निवासी ५० वर्षिय ईनरदेव यादवको मृत्यु भएको हो । पेटमा गोली लागेका यादवको २ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। ईनरदेव सहित अहिले सम्म सप्तरीमा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । उनको शवलाई भेन्टिलेटरबाट बाहिर निकालिसकिएको संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् । मृतकहरुको शव सप्तरी सदरमुकाम राजविराज राती सम्म आई पुगने राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् । यसअघि मलेठ गाविस वडा नम्वर– २ का २५ वर्षिय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षिय पीताम्बर मण्डल, प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षिय सिनियर अहेव आनन्द कुमार साह र मलेठ–४ का विरेन्द्र महतोको मृत्यु भएको थियो । यसै बीच मृत्यु हुनेहरुका शव ल्याउन राजविराजबाट गाडी धरान गएको जानकारी प्राप्त भएको छ। शव यात्रा सनिबार निकाल्ने सप्तरी मोर्चाले जनाएको छ ।सप्तरी मोर्चाको बैठक पश्चात घटनामा मारीएका पाचै जनाको शव ल्याउने प्रक्रिाय शुरु भएको हो। शवयात्रा सप्तरी देखि जनकपुर सम्म गर्ने भनिए पनि लहान  सम्म मात्र गर्ने संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शुभाष यादवले जानकारी दिनुभयो ।

 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.