शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सवारी दुर्घटनामा २ को मृत्यु एक घाइते
चैत्र ३, २०७३ | सरगम खबर समाचारदाता

सिराह, चैत्र ३ गते।
सिराहको भेडिया-१ भित्री सडक खण्डमा बिहिबार बिहान ट्याक्टरबाट लडेर चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही ठाँउका रुपेश यादब रहेको प्रहरी चौकी भेडियाले जनाएको छ। भडवा खोलाबाट बालुवा बोकेर भेडियातर्फ गईरहेको स. १ त.३२०१ नम्बरको ट्याकटर ब्रेक लगाउने क्रममा अचानक ट्याक्टरबाट लडेर उनि घाईते भएका थिए।घाईते यादबलाई उपचारकालागी कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा पठाईएकोमा थप उपचारकालागी बिराटनगर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। 

त्यस्तै उदयपुरको कटारी नगरपालिका-७ मा बिहिबार टाटा सुमो गाडीको ठक्करबाट एक पैदल यात्री घाईते बएका छन्।घाईते हुनेमा कटारी नगरपालिका ७ बस्ने बीरछी सरदार रहेका छन्। ना १ ज ३९१९ नम्बरको टाटा सुमो गाडी घुमाउने क्रममा पैदल हिडिरहेका सरदारलाई ठक्कर दिएको थियो।ठक्करबाट घाईते उनलाई कटारी अस्पताल पठाईएकोमा थप उपचारकालागी बि.पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।ठक्कर दिने सुमो र चालक कटारी नगरपालिका ८ बस्ने पवन राईलाई प्रहरि को नियन्त्रणमा राखिएको छ।


यता मोरङको रंगेली नगरपालिका-७ झुगी टोल स्थित बिहिबार बिहान ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ।डाईनिया रंगेली सडक खण्ड अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ क १८४६ नम्बरको ट्रकले बिपरीत दिसाबाट आउँदै गरेको मे ७ प ८२३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो।ठक्करबाट मोटरसाईकल चालक झापा माहाभारा १ बस्ने दिपक महतोको घटनास्थलमानै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।ठक्कर दिने ट्रकका चालक तत्काल फरार रहेकोले खोजिकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।

यता बिराटनगर-१८ स्थित साल्ट ट्रेडीङ नजिकै नम्बर नखुलेको टेम्पोले सिटी सफारीलाई ठक्कर दिँदा चार जना घाईते भएका छन्।उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को.१ ह ५५१२ नम्बरको सिटी सफारीलाई सोही दिसाबाट आउँदै गरेको तत्काल नम्बर नखुलेको टेम्पोले पछाडीबाट ठक्कर दिएको थियो।टेम्पोको ठक्करबाट सिटी सफारीका चालक मोरङ सिस्वनी-जहदा ३ बस्ने सन्तोष महतो , मोरङ बिराटनगर-७ बस्ने सुशिला बस्नेत, रुपा दाहाल र ईटहरी-४ बस्ने सुनिल तामाङ घाईते भएका हुन्।घाईते चारै जनालाई उपचारकालागी कोशी अञ्चल अस्पताल बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ। ठक्कर दिने टेम्पोको खोजिकार्य भई रहेको उक्त कार्यालयले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.