शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना लागु
चैत्र ४, २०७३ | सरगम खबर समाचारदाता

शुभ नारायण कामती - 
सिरहा, ४ चैत्र । कृषिको व्यवसायिकरण मार्फत औगोगिकीकरणमा रुपान्तरण गर्ने उद्देश्यले सरकारले सिरहामा प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना लागु गरेको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ । भौगोलिक सम्भाव्यता र तुलनात्मक लाभका आधारमा छनौट गरिएका क्षेत्र र वालीहरुमा एकीकृत रुपमा सघन कृषि विकासका कार्यक्रम सञ्चालन गर्ने कृषि विकास मन्त्रालयका प्रतिवद्धता बमोजिम सरकारले सिरहामा यस वर्ष देखि लागु गरेकोछ । जिल्ला कृषि विकास कार्यालय, सिरहाका वाली विकास अधिकृत योगेन्द्र यादवले वताएका छन् ।

जिल्ला कृषि विकास कार्यालय सिरहाकाको आयोजनामा शुक्रबार सिरहामा भएको प्रधानमंत्री कृषि अभिमुखिकरण परियोजना अभिकरण गोष्ठीमा वाली विकास अधिकृत यादवले सरकारले कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उधोगमा रुपान्तरित आधुनिक, दीगो एवं आत्मनिर्भर कृषि क्षेत्रका विकास गर्ने सोचका साथ सरकारले सिरहामा प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना लागु गरेको वताए । परियोजनावाट आधुनिक कृषि पधतिहरुको अवलम्वन गरी प्रतिफलमा आधारित प्रोत्साहन प्रणालीको अवलम्वन तथा गुणस्तर नियन्त्रण र खाद्य स्वच्छतामा अभिवृद्धि हुने लक्ष्य रहेको वताउदै अधिकृत यादवे उक्त परियोजना करीव ६ करोडको लागतमा सञ्चालन हुने वताए ।

परियोजनाले सिरहामा साना व्यवसायिक कृषि उत्पादनका लागी थल्हाकटहा, बेल्हा, राजपुर, अर्नमा र चतरी तथा व्यवसायीक कृषि उत्पादनका लागी दुर्गापुर, बल्ही, फुलकहाकट्टी, ब्रम्हानगोछारी र पडरीयालाई पकेट तथा ब्लक क्षेत्रको रुपमा अगाडी सारिएको वताउँदै अधिकृत यादवले पकेट क्षेत्रमा रासायनिक तथा प्राङ्गरिकमल, उन्नत तथा हाइविज, वीउविजन, माछा, भुरा, रासायनिक एवं जैविक विषादीहरु ल्गायतका उत्पादन सामग्रीहरुमा अनुदानमा सहयोग गर्ने कार्यक्रम रहेको वताए । 

जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख डा. राम चन्द्र यादवको अध्यक्षता तथा सिरहाका स्थानीय विकास अधिकारी सुरेश राउतको प्रमुख आतिथ्य तथा निमित प्रमुख जिल्ला अधिकारी सोम प्रसाद भट्टाईको विशिष्ठ आतिथ्यमा सम्पन्न सो गोष्ठीमा जिल्ला पशु सेवा कार्यालय सिरहाका प्रमुख डा. काशीनाथ यादव, पत्रकार लगायत विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधी, किसान समुहका प्रतिनिधी, विभिन्न गाविसका सचिव एवं प्रनिधिहरुको सहभागितामा रहेको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.