शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मोर्चाद्धारा सिरहा र सप्तरीका नगरपालिका र गाउँपालिकामा तालाबन्दी , तालाबन्दीले
चैत्र ६, २०७३ | फिरोज शेख

फिरोज शेख लहान २०७३ चैत्र ६ -
परिमार्जनसहित संविधान संशोधन र प्रदेशको मातहतमा स्थानिय तहको पुनःसंरचनाको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सिरहाले  शुक्रबार  लहान नगरपालिकामा गरेको अनिश्चितकालिन तालाबन्दी लाई प्रहरीले ताल्चा फोडी कार्यलय संचालन गर्न खोज्दा मोर्चाका नेता तथा कार्यकर्ताहरुले पुनः चर्को नारावाजी गर्दै आइतबार दिउसो तालाबन्दी गर्दै नगरपालिकामा मधेश सरकार लेखेका छन् । लहान मोर्चाका संयोजक कृष्ण बहादुर यादवको अगुवाइमा गएको मोर्चाका नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन्।संयोजक यादवले जब सम्म मधेशको समस्या समाधान हुदैन तब सम्म स्थानीय तहको निर्वाचन र स्थानीय तह पुनःसंरचना मोर्चा संगै मधेशी जनताले मान्दैन। नेपाल सरकारको विवेधकारी नियतका कारण अनिश्चितकालिन तालाबन्दि गरेको छु । जब सम्म मोर्चाको अर्को निर्णय हुदैन तब सम्म तालाबन्दि जारि रहने उहाले बताए। यसै बीच चैत्र २८ गते हुन् लागेको लहान उधोग वाणिज्य संघको चुनाव नगर्न वाणिज्य संघका पदाधिकारीहरु संग आग्रह गरेका छन्। यदि आग्रह नमानी चुनाव गरे चुनाव विथोल्ने संयोजक यादवले बताए।


 
यसै बीच मोर्चाद्वारा सिरहा जिल्लाको स्थानीयतहका कार्यालयहरुमा तालावन्दी गरेको कारण स्थानीयवासीहरु लाई सासती सहनु परेको गुनासो पोख्न थालेका छन । सिरहाको ६ नगरपालिकाहरु क्रमशः लहान , धनगढीमाई , गोलवजार , मिरचैया , सिरहा र कल्याणपुर नगरपालिका सहित ११ गाँउ पालिकामा मोर्चाका नेता कार्यकर्ताहरुले चुनावको विरोध गरि कालो झण्डा राखी तालावन्दी गरेका छन्   । स्थानीय तहमा तालावन्दी गरेपछि सर्वसधारण उपभोक्ताहरु फेरि मारमा पर्ने भयो भन्ने पिडा पोख्न थालेका छन । लहान –९ खुटीपारिका संजय साहले घरको नक्सा बनाउन दौड धुप गर्दै ठिक्क थिए । तालावन्दी गरेपछि कहिले काम हुने हो निश्चित नहुँदा  झन ठूलो सास्ती भयो भन्ने गुनासो पोख्नु भएको छ  । संघिय समाजवादी फोरमको केन्द्रिय सदस्य सत्य नारायण यादवले भन्नुभयो, हाम्रो माँगलाई वेवास्ता गरि स्थानीय तहको चुनाव सरकारले घोषणा गरेर मधेशमा द्वन्द्व सृजना गरेको छ । यहि अवस्थामा चुनाव संभव छैन । तालावन्दी गरेर सरकारलाई माँग पुरा गर्न दवाव स्वरुप यो कदम अगाडि वढाएको हो । जर्वजस्ती चुनाव गर्न खोजे मधेशमा ठूलो मुठभेड हुने चेतावनी दिनु भएको छ । यता प्रमुख जिल्ला अधिकारी  श्री कृष्ण श्रोष्ठले शुक्रबार तालावन्दी भएको आफूलाई जानकारी नरहेको भन्दै तालावन्दी गरेको भएपनि आईतवारदेखि निर्वाध रुपमा स्थानीय निकायका कार्यालयहरु संचालन हुने जानकारी दिएपनि मोर्चाको अवरोधका कारण कार्यालयहरु संचालनमा आउन न सकेको संचारकर्मी जिवछ उदासीले जानकारी दिनुभयो । यसै बीच नवराजपुरको गाउपलिकामा लगाइएको साइन बोर्ड मोर्चाका कार्यकर्ता तथा नेताहरुको एक समुहले तोडफोड गर्दै आगजनी गरेका छन् । 

मोर्चाद्धारा सप्तरीका नगरपालिका र गाउँपालिकामा तालाबन्दी

शुभ नारायण यादव
सप्तरी, ६ चैत । 
स्थानीय निकाय पुनर्संरचनामा तोकिएका सप्तरीका सबै स्थानीय निकायमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले आइतबार तालाबन्दी गरेका छन् ।समूहमा रहेका मोर्चाका कार्यकर्ताहरू आइतबार कार्यालय समय सुरु हुनासाथ जिल्लाका सबै गाँउपालिका र नगरपालिकामा तालाबन्दी गरेका थिए । मोर्चाको तालाबन्दी पछि सप्तरी जिल्लामा निर्वाचन समबन्धी तयारी समेत प्रभावित भएको छ भने स्थानिय निकायबाट हुने जनताका कामकाज समेत प्रभावित भएको छ ।राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र मण्डलका अनुसार आइतबार कञ्चनरुप, डाक्नेशवरी, बोदेवरसाईन, खडक, शम्भुनाथ, सुरुङगा र हनुमाननगर कंकालिनी नगरपालिकामा मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेका छन् । यस्तै कृष्णसवरण, छिन्नमस्ता, महदेवा, सप्तकोसी, तिरहुत, तिलाठी कोईलाडी, रुपनी, बेल्ही चपेना र विष्णुपुर गाउँपालिकामा समेत मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको सचिव मण्डलले बताए । तालाबन्दी गर्ने क्रममा मोर्चाका कार्यकर्ताले हनुमाननगर कंकालिनी नगरपालिकाको बोर्ड समेत जलाए ।  यसअघि बिहीबार राजविराज, शम्भुनाथ, जिल्ला समन्वय समिति सप्तरीमा तालाबन्दी गरेका थिए । 

यसैबिच मोर्चाले सरकारले संविधान संशोधन नगरी स्थानीय निकायको निर्वाचन गराउने तयारी थालेको भन्दै संविधान संशोधन बिना निर्वाचनलाई कुनै पनि हालतमा हुन नदिने बताएका छन । मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवले एक विज्ञप्ती प्रकाशन गरी विभिन्न ९ बुँदे माँगहरु अघि सारीएको छ । मोर्चाले  परिमार्जनसहित संविधान संशोधन गर्नुपर्ने ,स्थानीय तहको पुर्नसंरचना अवैज्ञानिक र अव्यबहारिक गरिएकाले यसलाई सच्चयाउनुपर्ने ,स्थानीय तहलाई केन्द्र सरकार नभई प्रदेश सरकारको मातहत राख्नुपर्ने ,स्थानीय तहको निर्वाचन अगाडि संघिय तथा प्रदेशको निर्वाचन गर्नुपर्ने ,समान जनसंख्याको आधारमा देशभरी स्थानीय तहको निर्धारण गर्नुपर्ने ,फागुन २३ गते सप्तरीको मलेठ घट्नामा प्रहरीद्वारा हत्या गरिएका पाँच जना निर्दाेषहरुलाई शहीद घोषणा गर्नुपर्ने , मलेठ घट्नाको निष्पक्ष न्यायायीक छानबिन आयोग गठन गर्नुपर्ने ,शान्तिपूर्ण आन्दोलनमा राज्यले नश्लबादी चरित्र देखाउँदै गर्दै आएको बर्बर दमन बन्द गर्नुपर्ने र संघियतालाई समाप्त पार्ने षडयन्त्र नगरियोस् माँग गरेको छ ।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.