शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आँपको बगैंचामा भएको हत्या घटनाको अनुशन्धान हुदै , पोष्टमार्टमका लागि
चैत्र १५, २०७३ | फिरोज शेख

फिरोज शेख लहान २०७३ चैत्र १५ - 
सिरहाको लहान नगरपालिका ३ स्थित आँपको बगैंचामा हत्या गरेको अवस्थामा फेला परेको घटनाको अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ। सप्तरीको मलहनमा १ का देवनारायण साहको छोरा श्रवणकुमार साहको शव सोमबार आँपको रुखमा खुट्टा भुईँमै छुनेगरी झुड्यिाइएको अवस्थामा फेला परेको थियो।  इलाका प्रहरी कार्यलय  लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले मृतकको शवको घटनास्थल मुचुल्का उठाएर पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमा प्रसाद मुरारका स्मारक अस्पताल ल्याइएपनि घटनाको प्रकृति हेरेर शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वस्थ बिज्ञान प्रतिष्ठान धरान पाठाईएको बताउनु भयो। मृतक साहको खुट्टामा चक्कु प्रहार गरिएको घाउ रहेको र रगत बगिरहेकाले हत्या गरेर झुण्ड्याइएको हुन सक्ने आशंका गरिएको छ । 

यसै बीच अनुशन्धानको क्रममा लहान नया बसपार्क नजिक रहेको सगरमाथा स्कुलका प्रध्यापक उमेश यादव लाई अनुशन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिएका छन् । निरीक्षक राउतका अनुसार प्रध्यापक उमेश यादव घटनामा संलगन न भएपनि प्रत्यक्षदर्शी रहेकोले अपराधीको पहिचानको लागि नियान्त्रन्मा लिएका छौ। मृतक श्रवण कुमार साह लाई अपराधीहरुले कुटपिट गरिरहेको बेला प्रध्यापक उमेश यादव मुखदर्शक भएर हेरिरहेको , प्रहरीलाई समेत खबर न गरेको र अहिले अपराधीहरुलाई पहिचान गर्न नमानेकोले अनुशन्धानका लागि पक्राउ गरिएको जानकारी दिनुभयो। अहिले प्रध्यापक उमेश यादव लाई धनगडी प्रहरी कार्यलयमा राखी अनुशन्धान भैरहेको निरीक्षक राउतले बताउनु भयो। अपराधी स्थानीय युवा हुन् सक्ने भएको कारण आफुलाई कुनै समस्या नहोस डरले हत्याराहरुलाई बचाउन एक शिक्षित व्यक्तिले सुचना लुकाउनु दुखद कार्य भएको चिन्ता व्यक्त गर्दै , घटनाको तिब्र गतिमा अनुशन्धान भैरहेकोले चाडै घटनामा संलगन अपराधी लाई पक्राउ गरि सार्वजनिक गर्ने बताउनु भयो। 

लहान ३ स्थित ललकु मा.वि.बाट भर्खरै सकिएको माध्यमिक शिक्षा परीक्षा दिएका साह लहान अस्पताल चोकदेखि दक्षिण डेरामा भतिजसहित बस्दै आएका थिए । डेरामा अपरान्ह ४ बजेतिर कसैले फोन गरेर बोलाएपछि लहान ३ मा रहेको बस पार्क गएका उनको एकाएक मोबाइल स्वीच अफ भन्न थालेपछि प्रहरीमा उजुरी दिइएको भाउजु अनुकुमारी साहले बताइन् ।अस्पताल चोकबाट दुई जना युवकले मोटरसाइकलमा राखेर बस पार्क पुर्याइएका उनीसँग त्यही युवकहरुसँग झैझगडा भएपछि घटना भएको हुन सक्ने आशंका गरिएको छ । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.