शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
म्यादी प्रहरी भर्नामा युवाहरुको आकर्षण बढ्दै, करिब १ हजार ६
चैत्र १५, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, १५ चैत । 
म्यादी प्रहरीमा भर्ना हुनका लागि सप्तरीका युवाहरु अहिले तछारमछार गर्दै आवेदन भर्न भ्याई नभ्याई छन् । नेपालमा पढेलेखेर पनि सजिलो रोजगार नपाउँदा यहाँका हजारौ युवाहरु बैदेशिक रोजगारको लागि बिदशे पलायन हुने क्रम जारी रहेकै बेला स्थानीय निकायको निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुलेपछि अहिले सप्तरी सहित मुलुकभरी नै हजारौ बेरोजगार युवाहरु रोजगारीको लागि आवेदन दिन लागिपरेका छन ।बेरोजगारीकै कारण सप्तरीबाट बर्षेनी करिब २५ हजार भन्दा बढी बेरोजगार युवाहरु रोजगारीको लागि खाँडी मुलुकहरु जाने गरेको बेला सरकारले स्थानीय निर्वाचनको लागि म्यादी प्रहरी भर्ना अभियान संचालन गरेपछि अहिले एका बिहानै देखि बेलुकासम्म जिल्ला प्रहरी कार्यालय सप्तरीमा हजारौ युवाहरुको ठुलो भिड लाग्नेगरेको छ । बढदो बेरोजगारीका कारणले गर्दा अहिलेका युवाहरु पढेलेखेर पनि सजिलो तरीकाबाट जागिर नपाउँदा यस्तो अवस्था आएको छ ।सरकारले स्थानीय तहको निर्वाचनका लागि देशभरि ७५ हजार म्यादी प्रहरी भर्ना गर्न सूचना निकालेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा अहिले दिनहुँ हजारौं युवाहरु आवेदन दिन व्यस्त देखिन्छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले म्यादी प्रहरीको आवेदन आह्वान गरेसँगै आवेदनकर्ताहरुको दैनिकी रुपमा भिंड बढ्दै गएको देखिन्छ । भिंड बढेपछि मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीको मूल गेट अगाडी एक प्रहरी अधिकारीले हिन्दी भाषा मै म्याकिङ गरेर आवेदकहरुको प्रवेशपत्र लिन आउनका लागि नाम बोलाउन भ्याई नभ्याई देखिए । यता निवेदन दिएर आफ्ना प्रवेशपत्र लिन गेट बाहिर कुरेर बसेका आवेदकहरु पनि उत्साहपूर्वक म्याकिङमा आफ्नो नाम आउने बित्तिकै सो प्रवेशपत्र लिन पुग्छन् । रोजगारी नपाएर बेरोजगार भई बसेका युवामात्र नभएर ४० वर्ष नाघिसेका पुरुषहरु पनि म्यादी प्रहरीमा भर्ना हुन आउनु भनेको पक्कै नै मुलुकमा बेरोजगारी समस्या बढेको देखिन्छ । यता वर्तमान परिवेशमा मधेशको राजनीतिक अवस्था अशान्त भइरहेको बेला म्यादी प्रहरीमा यत्रो ठूलो संख्यामा युवाहरु भर्ना हुन आउनुले रोजगारीको अगाडी कुनै द्वन्द्वले नछेक्ने प्रमाणित भएको देखिन्छ । यता सोमबार मात्र ९ सय जना युवाहरुले म्यादी प्रहरी भर्नाका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डिएसपी लक्ष्मी अधिकारीले जानकारी दिनुभयो ।
 
यस्तै मंगलबार सोमबारको तुलनामा दोब्बर युवाहरु भर्नाको आवेदन लिएर लामबद्ध रहेका थिए । शुक्रबारदेखि मंगलबारसम्म १ हजार ६ सय जति युवाले आवेदन दिइसकेका छन् भने २ हजार १ सय जनालाई आवेदन फारम बितरण गरिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।  म्यादी प्रहरी भर्नाको आवेदन दिने अन्तिम मिति चैत १७ गतेसम्म रहेको र यसका लागि १८ वर्षदेखी ५४ वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता सप्तरीमा कति संख्यामा म्यादी प्रहरी खटाइने बारे कुनै जानकारी नआएको जनाइएको छ । 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.