शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
चक्काजाम गर्ने संयोजक सहित ५ जना पक्राउ
चैत्र १७, २०७३ | सरगम खबर समाचारदाता

कृष्ण मोहन चौधरी - 
सिरहा , चैत्र १७ गते ।
सिरहाको सुखीपुर नगरपालिकालाई गाउँपालिका बनाएको बिरुद्धमा महेन्द्र लोकमार्ग अन्तर्गत जिरोमाइल सिरहामा गरेको चक्काजाम गरेको क्रममा सुखीपुर नगरपालिका बचाउन संघर्ष समितिका संयोजक बि पी भुवन यादव सहित ५ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।पक्राउ पर्नेमा राम आैतार यादव ,देव नारायण यादव ,राम किशुन यादव र संतोष यादवलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।फाल्गुन २७ गते राजपत्रमा प्रकाशित सुखीपुर नगरपालिकालाई गाउँपालिकामा झारे लगतै संघर्ष समिति गठन गरी बिविध प्रकारको संघर्षको कार्यक्रम गर्दै आइरहेको छ । चक्का जामका कारण ३  घण्टा सम्म गरेको कारण सबारी साधनहरु गोलबजार , लहान, मिर्चैया ,बन्दीपुर लगायतको स्थानमाहरुमा  सैयौ  सवारीहरु साधनहरु ट्प्प  थिए ।सबारी साधन खुल्ने वितिकै राजमार्गमा सबारी साधनको ठुलो चाप रहेको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.