फिरोज शेख लहान २०७४ जेठ २२ -
सिरहाको लहान ३ होस्पिटल चौकमा अवस्थित अल्फ्रेड हेल्थकेयर एण्ड डायगनोस्टिक सेन्टर प्रालिको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । डाक्टर विवेक प्रभात साह एमडी कन्सल्टेन्ट संगै बालरोग बिशेषज्ञ एमडी डाक्टर राजेन्द्र राईको उपस्थितिमा भएको उक्त नि:शुल्क स्वास्थ्य शिविरमा १५० जनाले आ-आफ्नो चेकजाच गराई लाभान्वित भएका छन्। जसमा महिला ५० जना र पुरुष १०० जना रहेका छन्। शिविरमा चिनी , प्रेसर ,दम ,मुटुरोग , थाइराइड , ग्यास्ट्रिक , निमोनिया , कभ्जोड़ी लागायतका रोगहरुको चेकजाच गरिएको छ। जसमा ३० जना बालरोगका बिरामी रहेको डाक्टर विवेक प्रभात साहले जानकारी दिएका छन् । शिविरमा चेकजाच गराउने विरामीहरुलाई नि:शुल्क औषधि समेत प्रदान गरिएको छ ।
यसै बीच आज लहान होस्पिटल चौकमा अवस्थित हस्तीका पोलिक्लिनिक एण्ड डायगनोस्टिक सेन्टर प्रालिको आयोजनामा विराट मेडिकल कलेज टिचिंग हस्पिटलका बिशेषज्ञ डाक्टरहरुको उपस्थितिमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको पोलिक्लिनिकका संचालक रोशन कुशवाहाले जानकारी दिएका छन्।